Nepal Life

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ, उपाध्यक्षमा कामना सेवाका सीईओ दिनेश थकाली

NMB Bank
  • BFIS News
  • 2025 Mar 20 18:08
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ, उपाध्यक्षमा कामना सेवाका सीईओ दिनेश थकाली
United Ajod

काठमाडौं । २०८१ चैत ७ – डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (DBAN) को अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ पुनः सर्वसम्मतिले निर्वाचित भएका छन्।

Shikhar
Nepal Life
NIMB

पोखरामा आयोजित एशोसिएसनको १९ औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। नव-निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका सीईओ माधब प्रसाद उपाध्याय, कोषाध्यक्षमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा लुम्बिनी विकास बैंकका नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकका दिपेश लम्साल, ग्रिन डेभलपमेण्ट बैंकका हरिबहादुर बुढाथोकी, र सप्तकोशी डेभलपमेण्ट बैंकका दिनेश पोखरेल चयन भएका छन्।

सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय-व्यय तथा लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ। पुनः निर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो पुनः चयनप्रति आभार व्यक्त गर्दै, विकास बैंकहरूको हक र हितका लागि प्रतिबद्धताका साथ कार्य गर्ने प्रतिज्ञा गरेका छन्।

साथै, सदस्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग, नीति परामर्श र सुझाव प्रदान गर्न अनुरोध गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया