Nepal Life

प्रभु बैंकको इलाम र हात्तीसुँडे शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Mar 20 18:26
प्रभु बैंकको इलाम र हात्तीसुँडे शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं । प्रभु बैंकको इलाम शाखाले इलाम नगरपालिका-०९ मा अवस्थित माउन्ट मेची उच्च माध्यमिक विद्यालयमा सफलतापूर्वक वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमले स्थानीय विद्यार्थी तथा समुदायलाई वित्तीय ज्ञान प्रदान गर्दै सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

Shikhar
Nepal Life
NIMB

त्यसैगरी, हात्तीसुँडे शाखाले पनि ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। हात्तीसुँडे शाखाले मकवानपुरको बकैया गाउँपालिकामा अवस्थित हानबिच लर्निङ सेन्टर (बकैया गाउँपालिका-०३) र श्री कालिदेवी माध्यमिक विद्यालय (बकैया गाउँपालिका-०९) मा वित्तीय सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सम्पन्न गरेको हो।

"Think Before you Follow, Wise Money Tomorrow" अर्थात् "अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।" नारासहित आयोजित यस कार्यक्रममा वित्तीय निर्णय क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया