Nepal Life

बैंकर्स संघको बागमती समितिद्धारा चितवनमा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरताको र्याली सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Mar 21 15:01
बैंकर्स संघको बागमती समितिद्धारा चितवनमा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरताको र्याली सम्पन्न
United Ajod

चितवन । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) बागमती (चितवन) समितिले ग्लोबल मनी वीक २०२५ मनाउने क्रममा विशेष सचेतना र्‍याली आयोजना गरेको छ।

Shikhar
Nepal Life
NIMB

‘Think before you follow, wise money tomorrow’ (सोचेर पछ्याऊ, भोलि बुद्धिमानी बन) भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले वित्तीय साक्षरताको महत्वलाई उजागर गरेको संघले उल्लेख गरेको छ । 

र्‍यालीमा ए, बी, र सी वर्गका बैंक तथा वित्तीय संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बजेटिङ, बचत, लगानी, र वित्तीय योजनाको महत्त्वजस्ता विषयमा जनचेतनामूलक सन्देशहरू दिइएको थियो। सहभागीहरूले वित्तीय साक्षरताको आवश्यकताबारे जनमानसलाई सजग गराउने उद्देश्यले विभिन्न प्लेकार्ड र नारासहित र्‍याली गरेका थिए।

नेपाल राष्ट्र बैंकको नीतिगत मार्गदर्शन अनुरूप बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय सचेतनाका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै, यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

#GlobalMoneyWeek2025 #FinancialLiteracy #MoneyMatters #NBA #Chitwan #NRB #WiseMoneyTomorrow

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया