Nepal Life

नेपाल-जापान न्युरोसर्जिकल सम्मेलन २०२५ का लागि एनआइएमबी बैंक आधिकारिक भुक्तानी साझेदार

NMB Bank
  • BFIS News
  • 2025 Mar 21 16:31
नेपाल-जापान न्युरोसर्जिकल सम्मेलन २०२५ का लागि एनआइएमबी बैंक आधिकारिक भुक्तानी साझेदार
United Ajod

काठमाडौं । नेपाल-जापान न्युरोसर्जिकल सम्मेलन २०२५ को आधिकारिक भुक्तानी साझेदारको रूपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चयन भएको छ। आगामी पाँचौं नेपाल-जापान न्युरोसर्जिकल सम्मेलन काठमाडौंमा आयोजना हुन गइरहेको छ, जसमा न्युरोसर्जरी क्षेत्रमा नवीनता र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल र जापानबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्यलाई मजबुत बनाउने उद्देश्यले विगत केही वर्षदेखि न्युरोसर्जिकल सम्मेलन आयोजना हुँदै आएको छ। यसअघि भएका सम्मेलनहरूले दुवै देशका विशेषज्ञहरूलाई एकसाथ ल्याई आधुनिक प्रविधि, अनुसन्धान, र उपचार विधिबारे विचारविमर्श गर्ने अवसर प्रदान गरेका थिए। नेपालका न्युरोसर्जनहरू जापानी प्रविधि तथा अनुभवबाट लाभान्वित हुँदै आएका छन् भने जापानी विशेषज्ञहरूले नेपालमा रहेका चुनौतीहरू अध्ययन गर्दै नवीन समाधान प्रस्तुत गरिरहेका छन्।

यस पटकको सम्मेलनले न्युरोसर्जरी क्षेत्रमा नवीनतम प्रविधि र वित्तीय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ। सम्मेलनको भुक्तानी साझेदार बनेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चिकित्सा क्षेत्रमा वित्तीय प्रविधिको पहुँच विस्तार गर्दै, स्वास्थ्य सेवा प्रवर्द्धन गर्ने प्रतिबद्धता देखाएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहभागिताले चिकित्सा क्षेत्रमा वित्तीय सहकार्यको नयाँ आयाम थप्ने विश्वास गरिएको छ। न्युरोसर्जरीजस्तो संवेदनशील तथा प्रविधिमैत्री क्षेत्रमा नेपाल-जापान सहकार्यले भविष्यमा अझ प्रभावकारी परिणाम ल्याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया