“महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा
- BFIS News
- 2025 Mar 23 14:18
काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा गरेको छ ।
नेपालीहरुको महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्य अनुरुप सञ्चालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो ।
विजेतहरु क्रमश नारायण कार्की र सन्तोषध्वज कार्की रहका छन् । यस अन्तर्गत विजेताहरुहरुले माल्दिभ्स वा श्रीलंका मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । नेपालभर बाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमको अभियानबाट ग्राहकहरुको नविनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पुग्नेविश्वास बैंकले लिएको छ ।
महालक्ष्मी विकास बैंक यस अभियानमा जोडिएका तथा विजेता बन्न सफल भएका प्रयोगकर्ताहरुलाई बैंकको तर्फबाट हार्दिक आभार तथा बधाई ज्ञापन गर्दछ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुसविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)








.png)






प्रतिक्रिया