NIMB Header 2
Nepal Life

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न

National Life
  • BFIS News
  • 2025 Mar 23 14:31
विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न
Sanima Reliance

काठमाडौं, चैत १०, २०८१ । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘Walk for Water, Walk for Life’ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ। सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा पहिलो पटक आयोजना गरेको यो कार्यक्रम आयोजना गरेको हो ।

Shikhar
NIMB

सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोही अनुरुप गर्दै आएको छ । यसै क्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन (ESG) मान्यताहरुलाई अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रमहरु समेत लागू गरिसकेको छ । हरित वित्त, आधुनिक डिजिटल बैंकिङ तथा सामाजिक उत्तरदायित्वका पहलहरुमार्फत बैंक वित्तीय पहुँच विस्तार गर्न सदैव त्पर छ भने पुनर्नवीकरणीय उर्जा, वातावरणमैत्री लगानी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै, दिगो आर्थिक बृद्धिमा योगदान पुर्याउन पनि बैंक प्रतिवद्ध रहेको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मानउँदै आएको छ । यस दिवसको उद्देश्य दिगो विकास लक्ष्य (SDG) अन्तर्गत 'सबैका लागि पानी र सरसफई सुनिश्चित गर्न योगदान पुर्याउनु हो । यस अवधिमा पानीको महत्वबारे जनचेतना फैलाउने विभिन्न अभियानहरु सञ्चालन गरिन्छ । यस क्रममा बैंकले आफ्नो दिगो बैंकिङ्ग उद्देश्यलाई थप सार्थक बनाउन र जनमानसमा पानीको महत्वको बारे जनचेतना फैलाउनका लागि 'Walk for Water, Walk for Life' वाकाथन कार्यक्रम आयोजना गरेको हो । पानी पृथ्वीमा जीवनको आधार हो । मानव मात्र नभई सम्पूर्ण जीवजन्तु, वनस्पति, कृषि, उद्योग तथा पारिस्थितिक प्रणालीका लागि पानी अनिवार्य छ । यदि हामीले यसको दिगो व्यवस्थापन नगरे, भविष्यमा स्वच्छ पानीको अभाव गम्भीर समस्या बन्न सक्छ भन्ने सन्देश फैलाउनका निम्ति सिद्धार्थ बैंकले यस वाकाथन कार्यक्रमको उद्देश्य रहेको थियो ।  

यस वर्षको विश्व पानी दिवसको मुल एजेण्डा हिमनदी संरक्षण (Glacier Preservation) रहेको छ । हिमनदी संरक्षण भनेको पृथ्वीको दीर्घकालीन अस्तित्व सुरक्षित गर्नु हो। हिमनदीहरूबाट प्राप्त पानी पिउन, कृषि, उद्योग, ऊर्जा उत्पादन तथा पारिस्थितिक सन्तुलनका लागि अत्यावश्यक छ।  कार्यक्रम उद्घाटन गर्ने क्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरु पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका रुपमा अघि बढाउनु पर्ने धारणा राखेका छन् । उनले पृथ्वीको तापमान बृद्धिसँगै हिमनदीहरु पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको बताए ।

बैंकले आयोजना गरेको यस ५ कि.मी. लामो प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालसम्म आइ सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका कर्मचारी लगायत विभिन्न सरोकारवालाहरु गरी ६५६ जना व्यक्तिहरुको सहभागिता रहेको थियो जसमध्ये ३९५ जना पुरुष र २६१ जना महिलाहरु थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया