Nepal Life

नबिल बैंकका सिइओ ढुङ्गानाको राजिनामा स्वीकृत, कामय मुकायम सिइओको जिम्मेवारी मनोज ज्ञवालीलाई

NMB Bank
  • BFIS News
  • 2025 Mar 26 11:12
नबिल बैंकका सिइओ ढुङ्गानाको राजिनामा स्वीकृत, कामय मुकायम सिइओको जिम्मेवारी मनोज ज्ञवालीलाई
United Ajod

काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी मनोज ज्ञवालीले पाएका छन् ।बैंकका सीईओ ज्ञानेन्द्र ढुुंगानाले राजनीतिमा दिएसँगै ज्ञवाली कामु सीईओ बनेका हुन् । हाल उनी बैंकमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

Shikhar
Nepal Life
NIMB

ढुंगानाले १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । साथै आजै बसेको बैठकले ज्ञवालीलाई कामूको जिम्मेवारी दिएको हो । ढुुंगाना राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा छन् ।

ज्ञवाली गएको पुस १५ मा सिनियर डीसीइओमा बढुवा भएका थिए । बढुवाअघि उनी बैंकको डीसीइओ थिए भने त्यसअघि महाप्रबन्धकको रुपमा कार्यरत थिए।

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत छाडेर ज्ञवाली नबिल प्रवेश गरेका थिए। नायब महाप्रबन्धक, महाप्रबन्धक, डीसीइओ हुँदै उनले सिनियर डीसीइओको जिम्मेवारी पाएका हुन्। नियामक नेपाल राष्ट्र बैंकमा काम गरिसकेका ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट हुन्।

नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि प्रतिस्पर्धा गर्नका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले राजिनामा दिएका हुन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया