Nepal Life

बैंकर्स संघ र आईएफसीबीच जलवायु वित्तीय पहल सशक्त पार्ने सम्झौता, दिगो वित्तीय अभ्यासलाई अघि बढाउने प्रतिबद्धता

NMB Bank
  • BFIS News
  • 2025 Mar 26 16:07
बैंकर्स संघ र आईएफसीबीच जलवायु वित्तीय पहल सशक्त पार्ने सम्झौता, दिगो वित्तीय अभ्यासलाई अघि बढाउने प्रतिबद्धता
United Ajod

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), विश्व बैंक समूहबीच जलवायु वित्तीय पहललाई प्रवर्द्धन गर्ने, दिगो वित्तीय अभ्यासलाई सशक्त पार्ने तथा जलवायु परिवर्तनसम्बन्धी चुनौतीहरू सामना गर्न सम्झौता (MoU) भएको छ।

Shikhar
Nepal Life
NIMB

उक्त सम्झौतामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला र आईएफसी, एसिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय उद्योग निर्देशक एलेन फोर्लेमुले हस्ताक्षर गरेका हुन्। सम्झौता नेपालस्थित आईएफसी कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा सम्पन्न भएको थियो। यस सम्झौताले नेपाली बैंकिङ क्षेत्रलाई जलवायु जोखिम व्यवस्थापनमा वित्तीय निर्णयहरू समाहित गर्ने तथा दिगो लगानीका लागि स्रोत परिचालन गर्ने दिशामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले नेपालमा दिगो वित्तीय अभ्यासलाई अघि बढाउने एनबीएको प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले जलवायु परिवर्तनका बढ्दो जोखिमहरू सामना गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउँदै सरकार र नीति निर्माणकर्तामात्रै होइन, बैंकिङ क्षेत्रले पनि स्रोत परिचालन गरी दिगो विकासलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गरे।

आईएफसीका क्षेत्रीय उद्योग निर्देशक फोर्लेमुले एनबीए र आईएफसीबीचको बलियो साझेदारीलाई जोड दिँदै, एनबीए दिगो वित्तीय पहललाई अघि बढाउनका लागि एक महत्त्वपूर्ण साझेदार भएको बताए। उनले यस सहकार्यले नेपाली बैंकहरूलाई वातावरणीय, सामाजिक तथा सुशासन (ESG) सिद्धान्तहरू आफ्नो संचालनमा समाहित गर्न मद्दत गर्ने उल्लेख गरे। यस प्रक्रियाले बैंकहरूलाई विश्वव्यापी स्थायित्व मापदण्डहरू अनुरूप अगाडि बढ्न, जोखिम व्यवस्थापन सुधार गर्न, स्रोत परिचालन गर्न तथा वित्तीय क्षेत्रमा उत्तरदायी र मजबुत प्रणाली विकास गर्न टेवा पुर्‍याउनेछ।

युरोपियन युनियनको ACSIIS कार्यक्रमबाट समर्थित यस सहकार्यअन्तर्गत आधारभूत अध्ययन, बजार अवसर मूल्यांकन, तथा सरोकारवालाहरूका लागि तालिम/कार्यशाला सञ्चालन जस्ता प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गरिनेछ, जसले जलवायु सहनशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया