NIMB Header 2
Prabhu Mahalaxmi

बर्दघाटको चौपता अस्पताललाई ६ वटा डायलासिस मेसिन हस्तान्तरण

United Ajod
  • BFIS News
  • 2025 Mar 30 17:24
बर्दघाटको चौपता अस्पताललाई ६ वटा डायलासिस मेसिन हस्तान्तरण
IME LIFE

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट-१४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पताल (चौपता अस्पताल) लाई ६ वटा हेमोडायलासिस मेसिन हस्तान्तरण गरिएको छ। आज काभ्रेको धुलिखेलमा एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य विनोद चौधरीको उपस्थितिमा मेसिन बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

Nepal Life
NIMB

रोटरी क्लब अफ धुलिखेलको समन्वयमा जर्मन रोटरी भोलिन्टियर डाक्टरका तर्फबाट डाक्टर जोबस्ट इस्बरीले उक्त मेसिन उपलब्ध गराएको हो ।

सांसद चौधरीले डायलासिस मेसिन उपलब्ध भएपछि पश्चिम नवलपरासीसहित नजिकका विरामीले लाभ लिन सक्ने बताए । उनले भने, "आज जर्मन रोटरी भोलिन्टियर डाक्टर र रोटरी क्लब अफ धुलिखेलको सहकार्यमा चौपता अस्पताल, बर्दघाटलाई ६ ओटा हेमोडायलासिस मेशिन हस्तान्तरण गरिएको छ। यसबाट पश्चिम नवलपरासीका मृगौला रोगीहरूको उपचारमा महत्वपूर्ण योगदान पुग्नेछ।"

धुलिखेल नगरपालिकाका मेयर अशोक व्यन्जुले मोफसलका सामुदायिक अस्पतालमा महत्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध हुँदा यसबाट नागरिकलाई लाभ हुने विश्वास व्यक्त गरे ।

यसअघि रोटरी क्लव अफ धुलिखेलले पश्चिम नवलपरासीमा ह्विल  चियर प्रदान गर्नुका साथै बर्दघाटको रेयुकाइ भवनमा आँखा क्लिनिक पनि संचालनमा सहयोग गरेको थियो । डायलासिस मेसिन हस्तान्तरण कार्यक्रममा नगर प्रमुर शम्भुलाल श्रेष्ठ, चौपता अस्पतालका अध्यक्ष डि.बी. रानासहितका पदाधिकारी पनि उपस्थित थिए । 

सांसद चौधरीले अस्पतालका लागि डायलासिस मेसिन र  त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई आग्रह गर्दै आएका थिए। मन्त्री पौडेलले यसका लागि समन्वय गरेका थिए । स्वास्थ्यमन्त्री पौडेलले हेमोडायलासिस मेसिन संचालनका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न पनि सहयोग गर्ने जनाइसकेका छन् ।

स्वास्थ्य हव बन्दै पश्चिम नवलपरासी :

सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रलाई स्वास्थ्य सेवाको हवकै रूपमा विकास गर्दै लगेका छन्। उनकै पहलमा अलपत्र अवस्थामा रहेको ट्रमा सेन्टर निर्माण कार्य अगाडि बढेको छ । काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर बर्दघाटमा निर्माण कार्य भइरहेको छ । यस्तै चिसापानी अस्पतालमा विशेषज्ञ सेवासहित सञ्चालन भइरहेको छ । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालको स्तरोन्नतिका साथै सेवा विस्तार कार्य भएको हो ।

सरावलमा १५ बेडको अस्पताल निर्माण कार्य पनि अघि बढेको छ । सांसद चौधरीको निरन्तरको पहलमा सरकारले अस्पतालका लागि स्रोत सुनिश्चितता गरिसकेको छ । सांसद चौधरीकै पहलमा निशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउन सिजी सबल केन्द्र सञ्चालन हुनुका साथै सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया