NIMB Header 2
Prabhu Mahalaxmi

मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुपबीच व्यावसायिक सम्झौता

United Ajod
  • BFIS News
  • 2026 Sep 22 13:09
मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुपबीच व्यावसायिक सम्झौता
IME LIFE

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टसँग व्यावसायिक सम्झौता गरेको छ।

Nepal Life
NIMB

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले केजीएच ग्रुपअन्तर्गत काठमाडौंस्थित माया मनोर बुटिक होटल, पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतदेखि ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्।

त्यसैगरी, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।

उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड पेश गर्नुपर्नेछ। ग्राहकले बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गरेर पनि उक्त सुविधा लिन सक्नेछन्।

ग्राहकलाई थप सुविधा उपलब्ध गराउने क्रममा मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा लगानी गर्न सकिने अटो लोन योजना समेत सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार बैंकले ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै विभिन्न सेवा तथा सहुलियत उपलब्ध गराउँदै आएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया