NIMB Header 2
Prabhu Mahalaxmi

सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ

United Ajod
  • BFIS News
  • 2026 Sep 22 11:59
सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ
IME LIFE

काठमाडौं । असोज ६ गते, मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो।

Nepal Life
NIMB

महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।

यसअनुसार एक दिनको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ तथा चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको हो।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया