नेपाल राष्ट्र बैंक स्थापनाको कथा: भारतीय मुद्राको चलनचल्तीको अन्त्य र अर्थव्यवस्थाको मोड परिवर्तन गर्ने राजा महेन्द्रको त्यो कदम
- अरुण सापकोटा
- 2025 Apr Sun 12:39

काठमाडौं । २००७ सालको राजनीतिक परिवर्तनपछि नेपालको मौद्रिक क्षेत्रमा विद्यमान अस्थिरतालाई नियन्त्रणमा ल्याई स्वस्थ मौद्रिक वातावरणमा देशको आर्थिक विकासको लक्ष्य हासिल हुनसक्ने स्थितिको सिर्जना गर्न देशमा एउटा केन्द्रिय बैंक हुनु अत्यावश्यक रहेको अनुभव गरियो । यसै अनुरुप तत्कालिन प्रिन्सिपल रोयल एडभाइजर सरदार 'गुञ्जमान सिंह'को संयोजकत्वमा नेपाल राष्ट्र बैंक ऐन तर्जुमा गरिएको थियो । उक्त ऐनको मौस्यौदा तत्कालिन 'श्री ५ को सरकार'मा पेश भई २०१२ कार्तिक १८ गते लालमोहर लाग्यो ।
नेपाल राष्ट्र बैंक ऐन २०१२ अन्तर्गत नेपालको अर्थव्यवस्थाले एउटा महत्वपुर्ण मोड लिन लागेको अवस्थामा आज भन्दा ७० वर्ष अगाडी अर्थात २०१३ बैशाख १४ गते तत्कालिन राजा महेन्द्रले नेपालको केन्द्रिय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको उद्घाटन गरेका थिए । उद्घाटनको अवसरमा राजा महेन्द्रले 'यस बैंकको स्थापनाबाट हाम्रा मुद्रा सुव्यवस्थित हुनगई मुलुकमा बैंक प्रथा र उद्योगधन्धाको विकासको साथसाथै हाम्रो राष्ट्रको जीवनमा नयाँ सुधारको संचार हुनेछ भन्ने हाम्रो विश्वास छ' भनेका थिए ।
देशको पिछडिएको अर्थव्यवस्थालाई सम्मुनतिको बाटोमा लम्काउने उद्देश्य राखी पहिलो पंचवर्षीय योजनाको थालनी पनि नेपाल राष्ट्र बैंकको स्थापना भएकै वर्ष (आर्थिक वर्ष २०१३/१४)देखि भएको थियो । त्यसवेला विद्यमान मौद्रिक अस्थिरताको स्थितिलाई हटाइ आर्थिक विकासका लक्ष्यहरु हासिल गर्न सघाउ पुर्याउने मौद्रिक वातावरणको सिर्जना गर्ने अभिपभार राष्ट्र बैंकमाथि आएको थियो । राजा महेन्द्रको इच्छा अनुरुप नेपाल राष्ट्र बैंक तथा सरकारबाट त्यसवेला उठाइएका कदमहरुले अस्थिर विनिमय स्थिति, द्वद मुद्रा प्रणाली जस्ता जटिल समस्याहरुको समाधान हुनगई आफ्नो विकासको आवश्यकता अनुसार मौद्रिक नीतिको अनुसरण गरी देशको आर्थिक विकासमा सहभागी बन्न सक्ने आत्मविश्वास नेपाल राष्ट्र बैंकले प्राप्त गरेको छ र यो नै नेपाल राष्ट्र बैंकको लागि ठूलो उपलब्धी हो ।
नेपाल राष्ट्र बैंक स्थापना हुनुअघिको आर्थिक अवस्था
नेपाल राष्ट्र बैंक स्थापना हुनुअगाडी नेपालको आर्थिक स्थिति परम्परागत तथा पिछडिएको अवस्थाको थियो । यातायात र संचारको साधन विकास हुन नसकेको हुनाले राष्ट्रिय स्तरको एकिकृत अर्थव्यवस्था थिएन । अर्थव्यवस्थाको मेरुदण्डको रुपमा हरेको कृषि व्यवसाय पनि पछडिएको तथा परम्परागत रुपमा संचालित थियो । कृषि उत्पादन पूर्णतया मौसममा नै निर्भर थियो । देशको झण्डै सबैजसो जनसंख्या जीवन निर्वाहको लागि कृषिमै निर्भर रहेको थियो ।
उद्योग व्यापारमा पनि देशको क्रियाकलाप अति नै सिमित थियो । बाह्य सम्पर्कबाट नेपाल लामो अवधिसम्म अलग रहेको हुँदा देशको व्यापारले विविधता हासिल गर्न सकेको थिएन । वस्तुगत रुपमा देशको निर्यात ज्यादै सीमित थियो भने खाद्यान्न तथा बनजन्य बस्तुहरु बाहेक अन्य सबैजसो दैनिक आवश्यकताहरुको लागि देश आयातमै नै निर्भर रहेको थियो । देशको अधिकांश व्यापार भारतसँग मात्र थियो । उद्योगतर्फ द्विदीय विश्वयुद्धताका स्थापना भएका एक-दुई जुटमिल, सलाई फ्याक्ट्री, दुई चार तेल चामल मिल सिवाय अरु उद्योगहरु थिएनन् । यि उद्योगहरु पनि खासगरी तयारईका प्रमुख स्थानहरु विराटनगर र वीरगंजमा केन्द्रित थिए ।
देशको वित्तीय क्रियाकलापहरुबारे सर्वसाधारण अनभिज्ञ थिए भने देशको मौद्रिक क्षेत्र एकदम जटिल समस्याहरुमा जेलिएको थियो । देशमा नेपाली रुपैयाँभन्दा पनि बढी मात्रामा भारतीय रुपैयाँ चलचल्तीमा थियो । विदेशी विनिमय कारोबारमा कुनै नियन्त्रण थिएन । भारतीय मुद्रा देशभरी तत्काल ग्राह्य थियो । विधि ग्राह्य मुद्रा नेपाली मुद्रा भए तापनि यो केवल काठमाडौं उपत्यका र निकटवर्ती पहा८ क्षेत्रमा मात्र प्रचलित थियो । नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमय दर पनि बजारको माग र आपूर्ती अनुसार परिवर्तन भैइरहन्थ्यो । काठमाडौंको बजारमा एकाध घण्टाको अन्तरमा पनि भारतीय रुपैयाँको विनियम दरमा परिवर्तन भइरहने गर्थ्यो ।
नेपालको समुन्द्रपारको वैदेशिक मुद्राको आम्दानी नेपाल राष्ट्र बैंकमा जम्मा हुनाको साँटो भारतकव विदेशी विनियम कोषमा जम्मा हुन्थ्यो । नेपाललाई विदेशी विनिमयको आवश्यकतापर्दा भारतले उपलब्ध गराउँदथ्यो । यस विधिले साधारण व्यवहारसम्म चले पनि विदेशी विनिमय र निर्यात व्यापार आफ्नो नियन्त्रणमा रहेको थिएन ।
देशमा एउटा मात्र बाणिज्यो बैंक १९९४ सालमा खुलेको नेपाल बैंक लिमिटेड थियो । यसका शाखा उपशाखाहरु जम्मा १३ ठाउँमा थिए । पहाडी क्षेत्रमा बनेपा र पोखरामा मात्र बैंकका शाखा थिए । बैंकका अन्य शाखाहरु तराई क्षेत्रमा मात्र सिमित थिए । बाणिज्य बैंकको सेवा पर्याप्त नभएको हुनाले शहरहरुमा परम्परागत रुपले वित्तीय कारोबार गर्ने पसलहरु पनि थिए । ग्रामीण क्षेत्रको वित्तीय कारोबारमा साहुकारहरुकै एकाधिकार थियो ।
२०१३ सालको पूर्वार्धसम्म देशको आर्थिक गतिविधि अत्यन्त जटिल, अवरुद्ध र विषम स्थितिमा रहेको थियो । देशले नया दिशा, नयाँ मार्ग, नयाँ मान्यता तथा नयाँ स्थापनाहरु तर्फ उन्मुख हुनु अतिआवश्यक थियो । २०१३ सलापछि देशमा विकासका पूर्वाधारहरु खडा गर्न गरिएका विभिन्न प्रयासहरु यिनै आवश्यकता पूर्ती गर्नेतर्फ लक्षित थिए र राष्ट्र बैंकको स्थापना यसै क्रमको एउटा महत्वपूर्ण थालनी थियो ।
नेपाल राष्ट्र बैंकको उद्देश्य
नेपालको आफ्नै किसिमको विकासको परिप्रेक्ष र ऐतिहासिक पृष्ठभूमिमा नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो । साह्रै अल्पविकसित मुद्रा बजार, मौद्रिकीकरण नभएको अर्थव्यवस्थाको ठूलो भाग, अत्यन्त सिमित बैंकिङ क्रियाकलप र द्वय मुद्रा प्रणलीले गर्दा देशको मौद्रिक तथा वित्तीय गतिविधिहरु जटिल थिए । यिनै वास्तविकताहरुलाई ध्यानमा राखी नेपाल राष्ट्र बैंकका उद्देश्यहरु निर्धारण भएका थिए । नेपाल राष्ट्र बैंक ऐन २०१२ को प्रस्तावनामा 'सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न नेपाली नोट निष्काशनको सुप्रवन्ध गर्नु, अधिराज्यभर नेपाली मुद्रा विनिमय दरमा स्थिरता कायम राख्नु परेकोले, विकासको निमित्त पूँजीलाई गतिशिल बनाई राज्यको उद्योग धन्धालाई समेत प्रोत्साहन दिनु परेकोले र नेपालमा बैंक प्रथाको विकास गराउनु परेकोले समेत एउटा राष्ट्र बैंकको नितान्त आवश्यक परेहो हुँदा श्री ५ महाराजधिराजबाट यो ऐन जारी गरिवक्सेको छ ।'
नेपाल राष्ट्र बैंक ऐनको प्रस्तावनाबाट नेपाल राष्ट्र बैंकको मुख्य उद्देश्य 'नेपालका सर्वसाधारण जनताको सुविधा र आर्थिक कायम राख्नु' हो भन्ने स्पष्ट बोध हुन्छ । जनताको सुविधा र आर्थिक हित नै नेपाल राष्ट्र बैंकको मुल साध्य थियो भने यसको परिपूर्तीका लागि गरिने कार्यहरु यसका साधन थिए र आज पनि छ ।
२००७ सालअघि र त्यसपछिका धेरै वर्षसम्म नेपालमा भारतीय मुद्राको चलचल्तीको बाहुल्य रह्यो । देशको आर्थिक अवस्थालाई मौद्रिकीकरण गर्न प्रयाप्त नेपाली मुद्दराको अभाव हुनु, मुद्रा प्रसार गर्ने इकाईहरु नहुनु र देशको प्रायः सम्पुर्ण अन्तर्राष्ट्रिय व्यापार भारतसँग नै सिमित भएको कारणले गर्दा नेपालको अर्थव्यवस्थामा भारतीय मुद्राको प्रवेश र प्रभुत्व बढ्दै गएको थियो ।
भारतीय र नेपाली रुपैयाँ समान रुपमा प्रचलनमा भएको तत्कालिन नेपालको मुद्रा प्रणालीलाई द्वय मुद्रा प्रणालीका रुपमा चिनिन्छ । ती मुद्राहरुको विनिमय दर खुला बजारमा माग र आपूर्तीको आधारमा दिनदिनै निश्चित गरिन्थ्यो र बजार प्राय सधै अस्थिर रहन्थ्यो । वेलावेलामा सरकारले भारतीय रुपैयाँको खरिद बिक्रीदर तोकी खरिद बिक्री गरेको बखत बाहेक बजारमा चलनचल्तीमा भएको नेपाली रुपैयाँको परिमाणले नै भारतीय मुद्राको विनिमयदरलाई प्रभाव पार्ने गर्दथ्यो ।
सराफीहरु तथा फाटकेवाजहरुले विनिमय अस्थिरतालाई अरु बढी चर्काउने गर्दथे । सरकारले राष्ट्र बैंकको स्थापनापूर्व पनि सरकारी दरमा भारतीय रुपैयाँ बिक्री गरी सटही बजारमा आड दिने गरिआएको थियो । २०१२ साल बैशाख ५ गते रुपैयाँ १७४/५० प्रति १०० भा.रु.को बिक्रीदर तोकी आवश्यक मालसामान झिकाउन नेपाल बैंक मार्फत भारतीय रुपैयाँ बिक्री थालिएको थियो । यो बिक्रीदर बैशाख १६ गते रु. १७४/५० मा झर्यो र त्यही सालको चैत २१ गदेदेखि १६४/४० तोकियो । २०१३ साल बैशाख १ गतेदेखि यो दरलाई अझै घटाइ १५४/५० पुर्याइयो । अन्य प्रयोजनहरुको लागि आवश्यक पर्ने भारतीय मुद्राको लागि खुला बजारमा नै निर्भर हुनुपर्दथ्यो । २०१६ सालसम्म तोकिएको समाकानहरु पैठारी गर्नका लागि मात्र सरकारी दरमा विनिमय सुविधा प्रदान गरिने व्यवस्था भएकोले सरकारी दरभन्दा खुलाबजार दर बढी निर्णायक रहेको थियो । २०१७ साल बैशाख १ गतेदेखि रु १६०को भारी रु.१०० तोकि भारतीय मुद्राको असीमित सटही दिने सुविधा प्रदान भएपछि सरकारी विनिमय दर नै निर्णायक दर हुनगयो ।
यसरी भारतीय मुद्राको दवदवालाई अन्त्य गर्दै नेपाली मुद्रालाई स्थापित गराउने उद्देश्यका साथ स्थापित नेपाल राष्ट्र बैंकले आजका दिनमा डिजिटल कारोबार अग्रगामी विकासमा ठुलो भुमिका निर्वाह गरिरहेको छ ।
प्रतिक्रिया