NIMB Header 2
Nepal Life

विप्रेषण आप्रवाहमा ३३ प्रतिशतले वृद्धि, दुई महिनामै भित्रियो ३ खर्ब ५२ अर्ब

National Life
  • BFIS News
  • 2025 Oct 14 17:17
विप्रेषण आप्रवाहमा ३३ प्रतिशतले  वृद्धि, दुई महिनामै भित्रियो ३ खर्ब ५२ अर्ब
Sanima Reliance

काठमाडौं, २८ असोज – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। गत वर्षको तुलनामा ३३.१ प्रतिशतले वृद्धि भई विप्रेषण आप्रवाह ३५२ अर्ब ८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

Shikhar
NIMB

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले मात्र वृद्धि भएको थियो। यस वर्षको भदौ महिनामात्रै १७४ अर्ब ६७ करोड रुपैयाँको विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १२७ अर्ब ९९ करोड रुपैयाँको तुलनामा निकै बढी हो।

यस्तै, समीक्षावधिमा अमेरिकी डलरमा गरिएको विप्रेषण आप्रवाह पनि २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार समीक्षावधिमा कुल 'खुद द्वितीय आय' (Net Transfer) पनि बढेर ३८४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो २८७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो।

यसैबीच, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या पनि वृद्धि भएको छ। समीक्षावधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ श्रम स्वीकृति लिनेको संख्या ९०,१९८ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ४५,८८४ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा क्रमशः ७६,४८५ र ४०,५८३ जना नेपालीले श्रम स्वीकृति लिएका थिए।

यसरी विप्रेषण आप्रवाह र वैदेशिक रोजगारी दुवैमा देखिएको वृद्धिले मुलुकको विदेशी मुद्राको भण्डार सुदृढ बनाउन र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया