NIMB Header 2
Nepal Life

आत्मनिर्भर सहकारीद्वारा कृषकलाई अनुदानमा बीउ तथा कृषि सामाग्री वितरण, यान्त्रिकरणमा जोड

Muktinath Bank
  • BFIS News
  • 2025 May 19 22:08
आत्मनिर्भर सहकारीद्वारा कृषकलाई अनुदानमा बीउ तथा कृषि सामाग्री वितरण, यान्त्रिकरणमा जोड
Everest Bank

काठमाडौं। आत्मनिर्भर बहुउद्देश्यीय सहकारी संस्था लि. पाँचखाल-१० काभ्रेपलाञ्चोकले जिल्ला कृषि विकास कार्यालयको सहयोगमा मसिनो धानको बीउ उत्पादन प्रशोधन तथा व्यवस्थापन प्रविधि सम्बन्धी एक दिवशीय कृषक तालिम तथा कृषि यान्त्रीकरण र कृषि सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।  

Shikhar
NIMB

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी, पशु सेवा कार्यालय काभ्रेका प्रमुख सृजा वाग्ले, वडा नं. १० का अध्यक्ष नारायणप्रसाद सापकोटा, र पाँचखाल नगरपालिका प्रवक्ता सञ्जय तामाङ लगायत एक सय भन्दा धेरै कृषकहरुको उपस्थिति रहेको थियो।

‘मसिनो धान बाली प्रवर्द्धन’ अन्तर्गत आयोजित कार्यक्रममा ५७ जना सदस्य कृषकहरूलाई मसिनो धानको बीउ उत्पादन, प्रशोधन तथा व्यवस्थापन सम्बन्धी तालिम दिइएको थियो। तालिम कृषि शाखा प्रमुख तथा प्राविधिक सुगम भेटुवालको सहजीकरणमा सम्पन्न भएको हो। कार्यक्रम जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको अनुगमनमा सम्पन्न भएको हो।

कार्यक्रम अन्तर्गत ५५० किलोग्राम खुमल–४, १०, ११ र १६ जातको मसिनो धानको विउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो। साथै, कृषक सदस्यहरूलाई ११ वटा मिनि टेलर, १६ वटा इलेक्ट्रिक स्प्रे, २ वटा मल्टी थ्रेसर, र १२ वटा विउ सुकाउने त्रिपाल वितरण गरिएको छ।

संस्थाको तर्फबाट थप १४ वटा मिनि टेलर, ८ वटा च्यापकटर, र २ वटा कुटानी–पिसानी मिल समेत वितरण गरिएको थियो। यी सबै सामग्रीहरूमा ५० प्रतिशत अनुदानसहित करिब १५ लाख बराबरको सामाग्री वितरण भएको सहकारी संस्थाका अध्यक्ष केदार प्रसाद सापकोटाले जानकारी दिए।

कार्यक्रमलाई संबोधन गर्दै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले सहकारीले सानो बजेटमा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गरेकोमा प्रशंसा गर्दै, प्राप्त सामग्रीलाई सदुपयोग गरी उत्पादन वृद्धिमा जोड दिन कृषकहरूलाई आग्रह गरे।

खरेलले भने, “आधुनिक यन्त्रहरूको प्रयोगले कृषिमा समय, श्रम र लागतको बचतसँगै उत्पादकत्वमा गुणात्मक सुधार ल्याउँछ। कृषिमा यान्त्रीकरणमार्फत आत्मनिर्भरता तर्फको यात्रामा सहकारीको भूमिका प्रशंसनीय छ।”

त्यस्तै कृषि विकास कार्यालय प्रमुख दवाडीले यस्तो सहयोग तथा कार्यक्रमले आधुनिक कृषि प्रविधिको प्रवर्द्धन र उत्पादनमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरिएका छन्।

संस्थाका अध्यक्ष सापकोटाले २०८१ साल असोज ११/१२ मा आएको अविरल वर्षाका कारण सहकारी भवन परिसमा पहिरो लाग्दा जोखिमपूर्ण अवस्था सिर्जना भएको भन्दै यसको संरक्षण गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका छन्। कार्यक्रमबाट पाँचखाल, नमोबुद्ध, रोशी, र धुलिखेलका ६४ जना कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। कार्यक्रम पारदर्शी ढंगले सञ्चालन गरिएको बताउँदै, सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त अनुदान समानुपातिक रूपमा वितरण गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया