Nepal Life

गल्छी–रसुवागढी सडक स्तरोन्नतिका लागि २ अर्ब ५६ करोड बजेट विनियोजन

NMB Bank
  • BFIS News
  • 2025 May 29 16:48
गल्छी–रसुवागढी सडक स्तरोन्नतिका लागि २ अर्ब ५६ करोड बजेट विनियोजन
National Life

काठमाडौं, जेठ १५। सरकारले गल्छी–रसुवागढी सडक स्तरोन्नतिको लागि आगामी आर्थिक वर्ष २०८२/०८३ मा २ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

Shikhar
NIMB

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सो बजेट व्यवस्था गरिएको जानकारी दिए।

रसुवागढी नाकालाई चीनसँगको महत्त्वपूर्ण व्यापारिक मार्गका रूपमा विकास गर्न गल्छी–रसुवागढी सडकको स्तरोन्नति आवश्यक रहेको भन्दै सरकार उक्त मार्गको सुधारमा प्राथमिकता दिने बताइएको छ।

सरकारले यो आयोजना माध्यमबाट व्यापार, पर्यटन र क्षेत्रीय पूर्वाधार सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया