NIMB Header 2
Nepal Life

महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने

National Life
  • BFIS News
  • 2025 Jun 22 17:26
महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने
Sanima Reliance

काठमाडौं। महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम बैंकको मोबाइल बैकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी “ मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको औपचारिक रुपमा सुरुआत गरेको छ । 

Shikhar
NIMB

यस अन्तर्गत नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर बैंकको मोबाइल बैकिङ्ग एपमा प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिन्छ । १०० भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स कम्पनीहरुबाट पठाइएको रकम सजिलै प्राप्त गर्न सकिन्छ ।

यो सुविधाको थप सँगै अब ग्राहकहरु रेमिट्यान्स रकम लिनको लागि रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने बाध्यताको अन्त्य हुने, लाइनमा बस्नुनपर्ने साथै समयको समेत बचत हुनेछ । यो सुविधको थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकङ्ग सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्दि«त हुने विश्वास बैंकले लिएको छ । 

डिजिटल नवप्रर्वद्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको यस बैंक मौबाइल बैकिङ्ग एपमै एकिकृत गरी यस किसिमको विप्रेषण सेवा प्रदान गर्ने विकास बैंकहरुमा पहिलो विकास बैंक बनेको छ ।

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम बैंकले मोबाइल एप्लिकेसनलाई अझै परिेष्कृत गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्दछ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया