NIMB Header 2
Nepal Life

नेपाल राष्ट्र बैंकको निर्णय : बैंक र व्यवसायीका लागि सहजता, मौद्रिक नीतिको पर्खाइ नगरी राहत घोषणा

National Life
  • BFIS News
  • 2025 Jun 24 06:26
नेपाल राष्ट्र बैंकको निर्णय : बैंक र व्यवसायीका लागि सहजता, मौद्रिक नीतिको पर्खाइ नगरी राहत घोषणा
Sanima Reliance

काठमाडौं, असार १०। नेपाल राष्ट्र बैंकले यसपटक मौद्रिक नीतिको पर्खाइ नगरी बैंक तथा व्यवसायीहरूका लागि राहत दिने निर्णय सार्वजनिक गरेको छ। राष्ट्र बैंकको यस कदमले लचिलो र सहजीकरणमा केन्द्रित नीतिगत धारणा प्रस्ट पारेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताएका छन्। राष्ट्र बैंकले दिएको यो सुविधालाई बैंक तथा व्यवसायीहरूले विश्वासिलो ढङ्गले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ।

Shikhar
NIMB

राष्ट्र बैंकले दिएका प्रमुख नीतिगत सहुलियतहरू:

नियत क्षेत्रीय कर्जाको मापदण्डको समयावधि एक वर्षका लागि थप गरिएको छ, जसले बैंकहरूलाई लक्षित क्षेत्रमा लगानी पुर्‍याउन थप समय दिएको ज्ञवालीको विश्लेषण छ।

साना तथा मझौला उद्यम (SME) का लागि पुनर्संरचना सुविधा: SME व्यवसायहरूका लागि २ करोड रुपैयाँसम्मको ऋण असोज २०८२ को अन्त्यसम्म पुनर्संरचना गर्न सकिने व्यवस्था गरिएको छ। यस्तो ऋणलाई अहिलेको ऋणको वर्गीकरणमै कायम राखिनेछ, जसले ऋणीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

वर्किङ क्यापिटल गाइडलाइनको पालना गर्ने समय एक वर्षका लागि स्थगित गरिएको छ, जसले बैंकहरूलाई आन्तरिक व्यवस्थापनमा लचिलो समय प्रादन गरेको ज्ञवालीले बताएका छन्।

राष्ट्र बैंकको यस निर्णयले बैंक तथा व्यवसायीहरूलाई वित्तीय व्यवस्थापनका लागि थप समय र अवसर प्रदान गरेको छ। यस निर्णयले विशेष गरी असहज आर्थिक अवस्थाका बेला व्यवसाय सञ्चालनलाई सघाउने विश्वास लिइएको छ।

यस्ता नीतिगत सहुलियतहरूले बजारमा सकारात्मक संकेत पठाउनेछ र बैंक तथा व्यवसायीहरूले यसलाई दिगो आर्थिक विकासको अवसरका रूपमा सदुपयोग गर्ने अपेक्षा गरिएको छ। गभर्नर डा. विश्व पौडेलले सबैका कुराहरु सुन्ने बुझ्ने र सहजता प्रदान गर्ने काम गरिरहेका छन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया