Nepal Life

सिटिजन्स क्यापिटलद्वारा 'सिटिजन्स सदाबहार योजना' को इकाई सार्वजनिक निष्कासनमा

NMB Bank
  • BFIS News
  • 2025 Jun 27 09:26
सिटिजन्स क्यापिटलद्वारा 'सिटिजन्स सदाबहार योजना' को इकाई सार्वजनिक निष्कासनमा
National Life

काठमाडौं, असार १३ – सिटिजन्स क्यापिटल लिमिटेडले आज (असार १३ गते) देखि "सिटिजन्स सदाबहार योजना" नामक सामूहिक लगानी कोषको इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ।

Shikhar
NIMB

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना खुलामुखी प्रकृतिको रहेको छ। योजनाको कुल आकार ५० करोड रुपैयाँ बराबरको रहेको छ, जसमा प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५ करोड इकाई निष्काशन गरिँदैछ।

निष्काशन अन्तर्गत, कुल इकाईमध्ये न्यूनतम १५ प्रतिशत अर्थात् ७५ लाख इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेशनललाई सुरक्षित राखिएको छ भने बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई पहिलो चरणमा सर्वसाधारणका लागि सार्वजनिक रुपमा निष्काशन गरिएको हो।

लगानीकर्ताले असार १७ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन दिने समय असार २७ गतेसम्म खुला रहने क्यापिटलले जनाएको छ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड स्वयं रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी सि–आस्बा मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

यस योजनाको क्रेडिट रेटिङ्ग इक्रा नेपालले गरेको छ। इक्राले कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेशनललाई "इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस (ICRANP IR BBB+)" तथा योजना व्यवस्थापक सिटिजन्स क्यापिटललाई "इक्राएनपी एएमसी क्वालिटि ३ (ICRANP AMC Quality 3)" रेटिङ्ग प्रदान गरेको छ।

सिटिजन्स सदाबहार योजना लगानीकर्ताका लागि मध्यम जोखिमयुक्त तर सम्भावनायुक्त विकल्पको रुपमा अगाडि आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया