NIMB Header 2
Nepal Life

लक्ष्मी सनराइज बैंक र IFC बीच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी

National Life
  • BFIS News
  • 2025 Jun 27 19:53
लक्ष्मी सनराइज बैंक र IFC बीच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी
Sanima Reliance

काठमाडौं। लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकास तर्फ महत्त्वपूर्ण कदम चाल्दै International Finance Corporation (IFC) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ ।

Shikhar
NIMB

यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुइ मुख्य क्षेत्रहरुमा आफ्नो पहल केन्द्रित गर्नेछ ।

यस सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक (Financial Institutions Group – Upstream and Advisory) मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन्। 

यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार  ग्राहकहरूको दीर्घकालीन हितलाइ प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया