Nepal Life

कृषि कर्जा सुरक्षण योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, जोखिम न्यूनीकरणका उपायका विषयमा छलफल

NMB Bank
  • BFIS News
  • 2025 Jun 29 14:15
कृषि कर्जा सुरक्षण योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, जोखिम न्यूनीकरणका उपायका विषयमा छलफल
National Life

काठमाडौं, असार १५ – रोयल सिँगी होटलमा कोषले यहि असार १३ गते शुक्रवार संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा आयोजना गरेको Agri CGS Product Design – Stakeholders Feedback विषयक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

Shikhar
NIMB

आधा दिने उक्त कार्यक्रम कृषि क्षेत्रमा संस्थागत कर्जा प्रवाह विस्तार गर्ने उद्देश्यले प्रस्तावित नयाँ कृषि कर्जा सुरक्षण योजना (Individual Agriculture Guarantee Scheme) को प्रारम्भिक मस्यौदामा सरोकारवालाहरुबाट सुझाव संकलन गर्न आयोजित गरिएको हो।

कार्यक्रममा कोषका पदाधिकारीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, कर्जा विभागका विभागीय प्रमुखहरू तथा अन्य प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले योजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै कृषि क्षेत्रमा जोखिम न्यूनीकरणका उपायका रूपमा सुरक्षण योजनाको आवश्यकता र प्रभावकारिता विषयमा प्रकाश पारे।

सहभागीहरूले कृषि कर्जा प्रवाहको वर्तमान अवस्था, तत्काल ध्यान दिनुपर्ने क्षेत्रहरू, सम्भावित नयाँ लगानीका सम्भावनाहरू तथा सुरक्षण योजनाले कर्जा विस्तारमा पुर्‍याउने प्रभावबारे धारणा राख्दै योजनाको कार्यान्वयन प्रक्रियामा ध्यान दिनुपर्ने विषयहरूबारे सुझाव दिएका थिए।

त्यस्तै, सुरक्षण शुल्कको दर, क्षतिपूर्ति दाबीको प्रतिशत निर्धारण लगायतका विषयमा अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा वैज्ञानिक र व्यावहारिक ढंगले योजना तर्जुमा गर्नुपर्ने सुझाव पनि सहभागीहरूले प्रस्तुत गरेका थिए।

नयाँ योजना निर्माणका लागि UNDP को प्राविधिक सहयोग रहेको र यस योजनाले कृषि क्षेत्रमा वित्तीय पहुँच अभिवृद्धि गर्दै संस्थागत लगानी प्रवाहमा टेवा पुर्‍याउने विश्वास कोषले व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया