NIMB Header 2
Nepal Life

सिद्धार्थ बैंकद्वारा 'एसबिएल डिबेञ्चर २०९१' आजदेखि बिक्री खुला, कसरी दिने आवेदन ?

National Life
  • BFIS News
  • 2025 Jul 13 11:43
सिद्धार्थ बैंकद्वारा 'एसबिएल डिबेञ्चर २०९१' आजदेखि बिक्री खुला, कसरी दिने आवेदन ?
Sanima Reliance

काठमाडौं, असार २९ — सिद्धार्थ बैंक लिमिटेड (SBL) ले आजदेखि ‘एसबिएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।

Shikhar
NIMB

बैंकले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। यसमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता (१ अर्ब ५० करोड रुपैयाँ बराबर) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १० लाख कित्ता (१ अर्ब रुपैयाँ बराबर) सर्वसाधारणमा बिक्री खुला गरिएको छ। सर्वसाधारणको लागि छुट्याइएको भागमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने इच्छुक लगानीकर्ताले अधिकतम सबै कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्। बिक्री खुला भएको ऋणपत्र छिटोमा असार ३२ गते तथा ढिलोमा साउन ११ गतेसम्म निष्काशन बन्द हुनेछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटल लिमिटेड ले लिएको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु, तिनका तोकिएका शाखाहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा निर्माण गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले यस ऋणपत्रको क्रेडिट रेटिङ्ग गर्दै सिद्धार्थ बैंकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस एटदरेट (ICRANP IR BBB+@)’ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षाको संकेत गर्दछ।

ब्याज भुक्तानी प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक तथा दोस्रो अर्धवार्षिक समाप्तिपछि, कर कट्टी गरी गरिनेछ। बैंकको यो ऋणपत्र दीर्घकालीन लगानीका लागि आकर्षक विकल्पको रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया