NIMB Header 2
Nepal Life

दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणमा मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन

National Life
  • BFIS News
  • 2025 Jul 14 13:25
दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणमा मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ : सिबिफिन
Sanima Reliance

काठमाडौँ, असार ३० गते। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आ.व. २०८२/८३ को मौद्रिक नीतिलाई स्वागत गरेको छ। परिसंघले हालको आर्थिक परिवेश, निजी क्षेत्रको अपेक्षा र विश्व परिस्थितिको वस्तुनिष्ठ अध्ययन एवं मूल्याङ्कनका आधारमा ल्याइएको यस मौद्रिक नीतिले आर्थिक स्थायित्व, बैंकिङ मनोबल, र दीर्घकालीन आर्थिक पुनरुत्थानमा सकारात्मक संकेत दिएको उल्लेख गरेको छ।

Shikhar
NIMB

सिबिफिनका अनुसार, लामो समयदेखि आर्थिक क्षेत्र सुषुप्त अवस्थामा रहँदै आएको तथा बैंकिङ क्रियाकलापहरुमा गतिशीलता अभाव देखिँदै आएको सन्दर्भमा राष्ट्र बैंकको यो नीति सन्तुलित, समयसापेक्ष र उदार रहेको छ। यसले नीतिगत अंकुशभन्दा अनुगमन तथा सुपरिवेक्षणमा जोड दिँदै दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणतर्फ स्पष्ट मार्गचित्र प्रदान गरेको सिबिफिनको ठहर छ।

हाल बैंक तथा वित्तीय संस्थाहरु पुँजीकोषमा परेको दवाबबाट गुज्रिरहेको अवस्थामा, मौद्रिक नीतिले कर्जा लगानी क्षमतामा वृद्धि, कर्जा व्यवस्थापनमा सहजता र वित्तीय स्थायित्वमा टेवा पुर्याउने कार्यलाई प्राथमिकतामा राखेको सिबिफिनले जनाएको छ। बैंकदर तथा नीतिगत दरमा गरिएको कटौतीले कर्जा विस्तारमा थप सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ।

त्यस्तै, निष्क्रिय तथा खराब कर्जा र गैरबैंकिङ सम्पत्ति बढिरहेको अवस्थामा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको लागि आवश्यक ऐन तथा नियमहरुको मस्यौदा तयार गर्न लागिएको, आवासीय कर्जा र शेयर धितो कर्जाको सीमा बढाउने, चालू पूँजी कर्जामा सुधार गर्ने लगायतका सुधार प्रयासहरुले दीर्घकालीन असर पार्ने विश्वास परिसंघले लिएको छ।

कृषि, लघु, घरेलु, साना तथा मझौला व्यवसायमा कर्जा सहजीकरणमा पुनरावलोकन, सम्पत्ति शुद्धीकरण निवारण रणनीति कार्यान्वयन तथा "ऋणीसँग नेपाल राष्ट्र बैंक" कार्यक्रमजस्ता जनमैत्री कदमहरुको प्रभावकारी कार्यान्वयनले आर्थिक एवं वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ।

यस्तै, लगानी प्रवर्द्धन, उत्पादन, रोजगारी, निर्यात, नवप्रवर्तन, हरित लगानी र युवा शक्तिको उपयोगमा केन्द्रित विषयहरुमार्फत वास्तविक अर्थतन्त्रको निर्माणमा सरकार र राष्ट्र बैंकसँग सहकार्य गर्न सिबिफिन प्रतिवद्ध रहेको छ। यद्यपि, सिबिफिनले पेश गरेका केही महत्वपूर्ण सुझावहरु यसपटक समेटिन नसके पनि ती आगामी निर्देशन वा नीतिगत समीक्षामा सम्बोधन हुने विश्वास परिसंघले व्यक्त गरेको छ।

परिसंघका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता मार्फत जारी विज्ञप्तिमा मौद्रिक नीतिले अंगिकार गरेका नीतिहरुको प्रभावकारी कार्यान्वयनमा सिबिफिन निरन्तर निकट सहयोगीको भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया