थाई एयरवेजका तर्फबाट जि.एस.ए. सोसाईटी ईन्टरनेशनल ट्राभल्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • BFIS News
  • 2025 Jul Thu 21:26
थाई एयरवेजका तर्फबाट जि.एस.ए. सोसाईटी ईन्टरनेशनल ट्राभल्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, १५ साउन। थाई एयरवेजका तर्फबाट सो एयरलाइन्सको जि.एस.ए. सोसाईटी ईन्टरनेशनल ट्राभल्सद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । “जीवनको उपहार दिऔं” भन्ने मुल नारासहित काठमाडौंको हात्तीसारमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम बिहान १० बजेबाट दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो ।

मानव सेवा र सामाजिक उत्तरदायित्व अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरिएको सोसाईटी ईन्टरनेशनल ट्राभल्सले जनाएको छ । आपतकालीन अवस्थामा रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पुर्‍याउनु र समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु कम्पनीको प्रमुख उद्देश्य र दायित्व हो ।

थाई एयरवेजले सबैलाई रक्तदानमा सहभागी भई जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरेको थियो । “तपाईंको सानो योगदानले कसैको जीवन बच्न सक्छ,’’ थाई एयरवेजले भनेको छ ।

उक्त कार्यक्रममा सोसाईटी ईन्टरनेशनल परिवार, विभिन्न ट्राभल एजेन्सी तथा सेवाग्राहीहरू गरेर १ सय ३१ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई धन्यवाद स्वरुप प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

थाई एयरवेजको बारेमाः

थाई एयरवेज अन्तर्राष्ट्रिय थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो । उक्त विमानले काठमाडौं–बैंकक मार्गमा दैनिक दुईवटा उडान सञ्चालन गर्ने गर्दछ र त्यहाँबाट एसिया, युरोप तथा अष्ट्रेलियालगायतका प्रमुख गन्तव्यहरूमा सेवा पुर्‍याउँदै आएको छ । यस एयरलाइन्सले उत्कृष्ट सेवा दिनुका साथै सुरक्षा र दिगो विकासमा समेत प्रतिबद्धता व्यक्त गरेको छ । यसका साथै सामाजिक उत्तरदायित्वका गतिविधिहरूमा सक्रियता जनाउँदै सेवाग्राहीमा समर्पित छ ।

सोसाइटी इन्टरनेशनल ट्राभल्सका बारेमाः

सोसाइटी इन्टरनेशनल ट्राभल्स नेपालमा एक प्रमुख एयरलाइन्स जि.एस.ए. प्रतिनिधित्व गर्ने कम्पनी हो । यससँगै थाई एयरवेजको जेनरल सेल्स एजेण्ट (जीएसए) को रूपमा कार्यरत छ । यात्राका सबै पक्षमा सहयोग गर्न र सेवा प्रदान गर्न यो संस्था समर्पित छ । यसका साथै सीएसआर कार्यक्रममार्फत् विभिन्न सामाजिक उत्तरदायित्व र सेवामूलक कार्य गर्दै नेपाली समुदायलाई योगदान पुर्‍याउँदै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया