NIMB Header 2
Nepal Life

रिलायन्स फाइनान्स १४ वर्ष पछि आफ्नै भवनमा

National Life
  • BFIS News
  • 2023 Sep 21 18:02
रिलायन्स फाइनान्स १४ वर्ष पछि आफ्नै भवनमा
Sanima Reliance

काठमाडौँ । रिलायन्स फाइनान्स लि आफ्नै भवनमा सरेको छ। फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्लीले काठमाडौँ महानगरपालिका-१ कमलादीमा केन्द्रीय कार्यालयसहित मुख्य शाखा कार्यालयको समुद्घाटन गरेका हुन्।

Shikhar
NIMB

२०६६ मंसिर १० गते नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबारको अनुमति पाएको फाइनान्सले २०६६ मंसिर १८ बाट कारोबार सुरु गरेको थियो। प्रदर्शनीमार्गमा कार्यालय राखेको संस्थाले १४ वर्षपछि आफ्नै नाममा कार्यालय खडा गरेको हो।

फाइनान्सले २१ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ। काठमाडौँ उपत्यकामा न्यूरोड, सितापाईला, ईमाडोल शाखाबाट सेवा दिँदै आएको छ। यस्तै उपत्यका बाहिर नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा विस्तार गरेको छ।

संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई ईसेवा, एससीटी नेटवर्कको एटीएम, विभिन्न रेमिटेन्स सेवाहरु, सी-आस्वा, आईपीएस, कनेक्ट आइपीएस सेवा, एबीबीएस सेवा, ईसीसी, एसएमएस बैँकिङ, मोबाइल बैंकिङ, एससीटी मोकोसमेतका सेवा प्रदान गर्दे आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया