NIMB Header 2
Nepal Life

सूर्यज्योति लाइफको जीवन बीमा कोष २५.५० प्रतिशतले बढ्यो्, बीमाशुल्क आर्जनमा २२.८३ प्रतिशतको उछाल

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Aug 15 04:50
सूर्यज्योति लाइफको जीवन बीमा कोष २५.५० प्रतिशतले बढ्यो्, बीमाशुल्क आर्जनमा २२.८३ प्रतिशतको उछाल
United Ajod

काठमाडौं, १५ साउन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा १.४५ प्रतिशतले वृद्धि भएको छ।

Nepal Life
NIMB

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले हालै सम्पन्न आर्थिक वर्षको सोही अवधिसम्म ३५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

त्यस्तै, बीमाशुल्क आर्जनतर्फ कम्पनीले उल्लेखनीय वृद्धि हासिल गरेको छ। अघिल्लो वर्ष ९ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा हालसालैको वित्तीय विवरण अनुसार २२.८३ प्रतिशतले वृद्धि भई यो रकम ११ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको कुल आम्दानी १२ अर्ब ६६ करोड रुपैयाँबाट बढेर १५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च पनि बढेर १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १२ अर्ब ७ करोड रुपैयाँ थियो।

वित्तीय विवरण अनुसार कम्पनीले आफ्ना अभिकर्ताहरूमाथि गरेको खर्चमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो वर्ष ८७ करोड ३ लाख रुपैयाँ खर्चिएकोमा हाल यो खर्च १७.५२ प्रतिशतले बढेर १ अर्ब २ करोड २८ लाख रुपैयाँ पुगेको छ।

जीवन बीमा कोषको आकारमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो वर्ष ३३ अर्ब ७१ करोड रुपैयाँ रहेको बीमा कोष गत वर्ष २५.५० प्रतिशतले वृद्धि भई ४२ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ६.८९ रुपैयाँबाट बढेर ६.९९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२६.८५ रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। साथै, महाविपत्ति कोषमा ३९ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ।

सम्पादकीय टिप्पणी: निरन्तर लाभमा रहँदै आएको सूर्यज्योति लाइफ इन्स्योरेन्सको वित्तीय प्रगति लगानीकर्ताका लागि सकारात्मक संकेत हो। बीमा बजारको प्रतिस्पर्धामा कम्पनीले देखाएको वृद्धि दर दिगो प्रगतिको आशा दिलाउने खालको देखिन्छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया