Nepal Life

सानिमा जीआईसी इन्स्यारेन्सको नाफा १०.१३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १६.३० रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Aug 15 13:48
सानिमा जीआईसी इन्स्यारेन्सको नाफा १०.१३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १६.३० रुपैयाँ
National Life

काठमाडौं, साउन ३०। सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा, बीमाशुल्क आर्जन तथा प्रतिशेयर आम्दानी (ईपीएस) सबैमा उल्लेख्य वृद्धि भएको देखिन्छ।

Shikhar
NIMB

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३१ करोड ८१ लाख रुपैयाँको तुलनामा १०.१३ प्रतिशतले बढी हो।

बीमाशुल्क आर्जनतर्फ पनि कम्पनीले सुधार देखाएको छ। वित्तीय विवरण अनुसार सानिमा जीआईसीले २ अर्ब ५४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आवको २ अर्ब ५१ करोड रुपैयाँको तुलनामा १.३३ प्रतिशतले वृद्धि हो।

कम्पनीको बीमाकोष पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ३ अर्ब ३० करोड रुपैयाँ रहेको बीमाकोष २२.२९ प्रतिशतले वृद्धि भई ४ अर्ब ४ करोड रुपैयाँ नाघेको विवरणमा उल्लेख छ।

कम्पनीको कुल आम्दानी १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको १ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी हो। कुल खर्च भने ९९ करोड ६७ लाख रुपैयाँबाट घटेर ९७ करोड ६३ लाख रुपैयाँमा झरेको छ। तर, अभिकर्तालाई दिइने कमिसन खर्च भने ३ करोड ७२ लाख रुपैयाँबाट बढेर ४ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १५.९१ रुपैयाँबाट बढेर १६.३० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५२.१२ रुपैयाँ कायम भएको छ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ।

त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख, जगेडा कोषमा १८ करोड ३२ लाख र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया