National Life

हकप्रदको तयारीमा रहेको हिमालयन रि इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, बीमाशुल्क र खर्च पनि बढ्यो

  • BFIS News
  • 2025 Aug Sun 05:14
हकप्रदको तयारीमा रहेको हिमालयन रि इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, बीमाशुल्क र खर्च पनि बढ्यो

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा सामान्यरूपमा वृद्धि भएको देखिएको छ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ३१ करोड रुपैयाँ नाफाको तुलनामा ५.८४ प्रतिशतले बढी हो।

बीमाशुल्क र खर्चमा उल्लेखनीय वृद्धि

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्कमा १७.४५ प्रतिशत वृद्धि भएको छ भने कुल आम्दानीमा १७.०६ प्रतिशत वृद्धि देखिएको छ। यस्तै, खुद दाबी भुक्तानीमा ३०.७६ प्रतिशत र कुल खर्चमा १९.१२ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।

प्रतिशेयर आम्दानी र नेटवर्थ

नाफासँगै प्रतिशेयर आम्दानी (EPS) पनि सामान्यरूपमा बढेको छ। समीक्षा अवधिमा EPS १६ पैसाले बढेर १२ रुपैयाँ ७९ पैसा पुगेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात (P/E Ratio) ७१.९७ गुणा रहेको छ भने प्रति शेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा पुगेको छ।

पूँजी संरचना

१० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियममा ३ अर्ब १२ करोड रुपैयाँ, विशेष जगेडामा १ अर्ब ९६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १९ करोड ८० लाख रुपैयाँ, र रिटेन्ड अर्निङ्गमा ८२ करोड ७६ लाख रुपैयाँ रहेको छ। यद्यपि, अन्य इक्विटीमा १८ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया