Nepal Life

हकप्रदको तयारीमा रहेको हिमालयन रि इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, बीमाशुल्क र खर्च पनि बढ्यो

NMB Bank
  • BFIS News
  • 2025 Aug 17 05:14
हकप्रदको तयारीमा रहेको हिमालयन रि इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, बीमाशुल्क र खर्च पनि बढ्यो
National Life

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा सामान्यरूपमा वृद्धि भएको देखिएको छ।

Shikhar
NIMB

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ३१ करोड रुपैयाँ नाफाको तुलनामा ५.८४ प्रतिशतले बढी हो।

बीमाशुल्क र खर्चमा उल्लेखनीय वृद्धि

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्कमा १७.४५ प्रतिशत वृद्धि भएको छ भने कुल आम्दानीमा १७.०६ प्रतिशत वृद्धि देखिएको छ। यस्तै, खुद दाबी भुक्तानीमा ३०.७६ प्रतिशत र कुल खर्चमा १९.१२ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।

प्रतिशेयर आम्दानी र नेटवर्थ

नाफासँगै प्रतिशेयर आम्दानी (EPS) पनि सामान्यरूपमा बढेको छ। समीक्षा अवधिमा EPS १६ पैसाले बढेर १२ रुपैयाँ ७९ पैसा पुगेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात (P/E Ratio) ७१.९७ गुणा रहेको छ भने प्रति शेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा पुगेको छ।

पूँजी संरचना

१० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियममा ३ अर्ब १२ करोड रुपैयाँ, विशेष जगेडामा १ अर्ब ९६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १९ करोड ८० लाख रुपैयाँ, र रिटेन्ड अर्निङ्गमा ८२ करोड ७६ लाख रुपैयाँ रहेको छ। यद्यपि, अन्य इक्विटीमा १८ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया