Nepal Life

हिमालयन रिइन्स्योरेन्सको ४.५% बोनस शेयर नेप्सेमा सूचीकृत

NMB Bank
  • BFIS News
  • 2025 Aug 19 15:37
हिमालयन रिइन्स्योरेन्सको ४.५% बोनस शेयर नेप्सेमा सूचीकृत
National Life

काठमाडौं।  हिमालयन रिइन्स्योरेन्स लिमिटेड (HRL) का ४६,८०,००० इकाइ बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन्।

Shikhar
NIMB

कम्पनीले आफ्नो चौथो वार्षिक साधारण सभा (एजीएम) २५ जेठ २०८२ मा सम्पन्न गर्दै आर्थिक वर्ष २०८०/८१ का लागि ४.७४% लाभांश पारित गरेको थियो।

यसअघि ७१औँ सञ्चालक समिति बैठक बैशाख २२ गते बसेको थियो, जसमा कम्पनीको रु. १०.४० अर्ब चुक्तापुँजीमा आधारित लाभांश वितरण निर्णय गरिएको थियो। बैठकले ४.५% बोनस शेयर र ०.२४% नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरेको थियो। उक्त बोनस शेयर अहिले नेप्सेमा सूचीकृत भएको हो।

हाल, हिमालयन रिइन्स्योरेन्सको अन्तिम कारोबार मूल्य (LTP) रु. ९९२.२० रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया