Nepal Life

अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न साधारण सभा बोलायो, ५० प्रतिशत जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 28 11:07
अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न साधारण सभा बोलायो, ५० प्रतिशत जारी गर्ने
National Life

काठमाडौँ, भदौ १२ – अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न १५ औँ वार्षिक साधारण सभा बोलाएको छ।

Shikhar
NIMB

कम्पनीले आगामी असोज ३ गते, शुक्रबार, काठमाडौँको होटल कृष्टल पशुपती, पिङ्गलास्थान, गौशाला मा साधारण सभा आयोजना गर्न लागेको हो। सभा बिहान १ बजे सुरु हुनेछ।

सभामा कम्पनीले काबेली इनर्जी लिमिटेड को संस्थापक शेयरमा थप लगानी गर्ने तथा बैंकको दीर्घकालीन कर्जा आंशिक भुक्तानी गर्न हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ।

यसैगरी, सभाले विभिन्न कम्पनीहरूमा गरिएका संस्थापक शेयरको लगानी अनुमोदन गर्ने, नयाँ कम्पनीहरूमा लगानी गर्न स्वीकृति प्रदान गर्ने, तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते, बुधबार एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार, भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू साधारण सभामा सहभागी हुन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया