Nepal Life

ट्रम्पले लगाएका शुल्क अमेरिकी अदालतले अवैध ठहर

NMB Bank
  • BFIS News
  • 2025 Aug 31 12:03
ट्रम्पले लगाएका शुल्क अमेरिकी अदालतले अवैध ठहर
National Life

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रुपमा लगाएका धेरैजसो शुल्क संघीय पुनरावेदन अदालतले अवैध ठहर गरेको छ। अदालतले ट्रम्पले आफ्नो राष्ट्रपतिको अधिकार नाघेर ती शुल्क लगाएको ठहर गरेको हो।

Shikhar
NIMB

तर, न्यायाधीशहरूले तत्कालका लागि ती शुल्कहरू यथावत रहने व्यवस्था गरेका छन्। साथै, मुद्दालाई थप कार्यवाहीका लागि तल्लो अदालतमा फिर्ता पठाइएको छ।

संघीय सर्किटका लागि अमेरिकी पुनरावेदन अदालतले यसअघि अन्तर्राष्ट्रिय व्यापार अदालतले गरेको फैसलालाई समर्थन गरेको छ। अदालतको भनाइमा, ट्रम्पले आपतकालीन कानूनको दुरुपयोग गर्दै करहरू लगाएका थिए।

रिपोर्टअनुसार, पुनरावेदन न्यायाधीशहरूले यी करहरू सबै प्रभावित पक्षमा लागू हुने वा केवल मुद्दामा संलग्न पक्षहरूमै सीमित हुने भन्ने विषयमा अन्तिम निर्णय लिन तल्लो अदालतमा मुद्दा पठाएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार