Nepal Life

सुन र चाँदीको मूल्यमा ऐतिहासिक उचाल, निरन्तर नयाँ रेकर्ड

NMB Bank
  • BFIS News
  • 2025 Aug 31 12:09
सुन र चाँदीको मूल्यमा ऐतिहासिक उचाल, निरन्तर नयाँ रेकर्ड
National Life

काठमाडौं । भदौ १५ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै ऐतिहासिक उचाल देखाएको छ।

 

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले बढेर दुई लाख तीन हजार ६०० रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्य निरन्तर नयाँ उचाइमा पुगेको हो।

यस्तै, चाँदीको मूल्य पनि आइतबार नयाँ रेकर्डमा पुगेको छ। प्रतितोला ६५ रुपैयाँले बढेको चाँदी दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार यसै बजारमा चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

निरन्तरको वृद्धिसँगै सुन–चाँदी बजारले ऐतिहासिक मूल्यस्तर कायम गरेको व्यवसायीहरूले बताएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार