Nepal Life

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाइँदै, एक महिनाभित्र 'स.बि' लेखेर सडक छुट्याइने

NMB Bank
  • BFIS News
  • 2025 Aug 31 15:31
काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाइँदै, एक महिनाभित्र 'स.बि' लेखेर सडक छुट्याइने
National Life

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकलाई खाल्डाखुल्डीमुक्त बनाउन योजना अघि सारेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले आउँदो दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गर्दै भदौ मसान्तसम्म सडक मर्मत सम्पन्न गर्ने तयारी गरेको हो।

Shikhar
NIMB

सडक विभागका अनुसार उपत्यकाभित्र विभाग मातहतका सडकमा हाल मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम तीव्र गतिमा भइरहेको छ। यससँगै पैदलयात्रीमैत्री संरचना विकास गर्ने, फुटपाथमा रहेका अवरोध हटाउने र सम्बन्धित निकायहरूले आ–आफ्नो कार्यतालिका साझा गर्दै सोअनुसार काम अघि बढाउने निर्णय भएको छ।

सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार चाडपर्वलाई ध्यानमा राखी उपत्यकाका सम्पूर्ण सडकलाई यथाशीघ्र खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य राखिएको छ। उनका अनुसार सडक डिभिजन काठमाडौंले सुरु गरेको ‘स.बि’ लेखेर सडक छुट्याउने अभियानलाई ललितपुर र भक्तपुर सडक डिभिजनले पनि आगामी एक महिनाभित्र लागू गर्ने भएका छन्।

जैशीले भने, “प्रत्येक सडकमा ‘स.बि’ लेखेर विभाग मातहतका सडक स्पष्ट गर्ने र मर्मतलाई थप तीव्रता दिने कार्य भइरहेको छ।”

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार