NIMB Header 2
Nepal Life

सुन र चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

IME LIFE
  • BFIS News
  • 2025 Sep 02 11:06
सुन र चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड
United Ajod

काठमाडौं, भदौ १७ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य निरन्तर बढ्दै नयाँ रेकर्ड कायम गरेको छ।

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ६०० रुपैयाँले बढेर दुई लाख ५ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि निरन्तर बढ्दै गएको छ। मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर दुई हजार ४८५ रुपैयाँमा कारोबार भएको छ। सोमबार यसको मूल्य दुई हजार ४७० रुपैयाँ थियो।

पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको सुन–चाँदीको मूल्यले लगातार नयाँ रेकर्ड तोड्दै गइरहेको महासंघले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया