NIMB Header 2
Nepal Life

नबिल म्युचुअल फण्डको एन आई ३१ इकाई बाँडफाँट सम्पन्न

Prabhu Mahalaxmi
  • BFIS News
  • 2025 Sep 02 11:23
नबिल म्युचुअल फण्डको एन आई ३१ इकाई बाँडफाँट सम्पन्न
United Ajod

काठमाडौं । नबिल बैंक लिमिटेड प्रवर्द्धक रहेको र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्डअन्तर्गतको एन आई ३१ खुलामुखी योजनाको इकाई बाँडफाँट सम्पन्न भएको छ।

Nepal Life
NIMB

नबिल इन्भेष्टमेन्टले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका २ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ५० लाख इकाई गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सोमध्ये १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापकका लागि सुरक्षित राखी बाँकी १ करोड १२ लाख ५० हजार इकाई आवेदनमार्फत सर्वसाधारण लगानीकर्तामा बाँडफाँट गरिएको हो।

बाँडफाँट कार्यक्रम भदौ १६ गते बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको नक्साल, काठमाडौंस्थित कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रममा कोष प्रवर्द्धक नबिल बैंक लिमिटेडका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रतिनिधि, योजना व्यवस्थापकका प्रतिनिधि, प्रोफेशनल कम्प्युटर सिस्टम्स प्रा.लि.का प्रतिनिधि तथा सर्वसाधारण लगानीकर्ताको उपस्थिती रहेको थियो।

कम्पनीका अनुसार बाँडफाँटको नतिजा iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया