Nepal Life

एनआईसी एशिया क्यापिटलको इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किमको पहिलो चरण सफलतापूर्वक सम्पन्न, अपेक्षाभन्दा बढी आवेदन

NMB Bank
  • BFIS News
  • 2025 Sep 02 13:30
एनआईसी एशिया क्यापिटलको इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किमको पहिलो चरण सफलतापूर्वक सम्पन्न, अपेक्षाभन्दा बढी आवेदन
National Life

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले जारीकर्ता, बिक्री प्रबन्धक र स्किम प्रबन्धकको भूमिकामा रहेर ल्याएको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ।

Shikhar
NIMB

यस स्किमअन्तर्गत प्रति इकाई १० रुपैयाँ दरले ५ करोड इकाईका लागि २०८२ साउन २९ गतेदेखि भदौ १२ गतेसम्म आवेदन खुला गरिएको थियो। सो अवधिमा कुल ८२ हजार ८२८ जनाले ७४ करोड ३ लाख रुपैयाँ बराबरको आवेदन दिएका थिए, जसले १.४८ गुणा बढी ओभरसब्सक्रिप्सन देखाएको हो।

तर, अपूर्ण विवरण भएका ९१ जनाको आवेदन रद्द गरी ८२ हजार ७३७ आवेदकलाई ७४ करोड १ लाख ७० हजार रुपैयाँ बराबरको इकाई बाँडफाँड गरिएको छ।

यद्यपि पहिलो चरणमा ५ करोड इकाई लक्षित गरिएको भए पनि नेपाल धितोपत्र बोर्डले १० करोड इकाई (१ अर्ब रुपैयाँ) बराबरको स्किमलाई स्वीकृति दिएको थियो। स्किम बाँडफाँड धितोपत्र बोर्डको धितोपत्र बाँडफाँड निर्देशिका, २०७४ अनुसार गरिएको हो।

खुला अन्त्य (Open-end) स्किम भएकाले तीन महिनाभित्रै पुनर्खरीद (Repurchase), एसआईपी र मिनी एसआईपी दर्ता गर्ने व्यवस्था हुनेछ भने नियमित कारोबारको तयारी पनि गरिएको छ।

एनआईसी एशिया क्यापिटलले यस अवसरमा नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ्ग, बैंकिङ्ग क्षेत्र, सञ्चार माध्यम तथा सम्पूर्ण आवेदकप्रति धन्यवाद व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार