United Ajod

राष्ट्र बैंकले ल्यायो डिजिटल भुक्तानी प्रणाली व्यवस्थित गर्न नयाँ फ्रेमवर्क ‘एसआईपीएस’

Everest Bank
  • BFIS News
  • 2025 Sep Tue 13:57
राष्ट्र बैंकले ल्यायो डिजिटल भुक्तानी प्रणाली व्यवस्थित गर्न नयाँ फ्रेमवर्क ‘एसआईपीएस’

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ फ्रेमवर्क ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ सिस्टमेटिकल्ली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम (एसआईपीएस)’ जारी गरेको छ।

केन्द्रीय बैंकका अनुसार, हालका वर्षहरूमा डिजिटल भुक्तानी प्रणाली तीव्र गतिमा बढ्दै गएकोले प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरूको स्पष्ट मापदण्ड निर्धारण गर्न आवश्यक भएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा पनि यस्तो फ्रेमवर्क ल्याउने उल्लेख गरिएको थियो। सो नीति कार्यान्वयनको लागि राष्ट्र बैंकले उक्त दस्तावेज सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले बताएअनुसार प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरूले उच्च मूल्यका र संवेदनशील भुक्तानीहरू समेट्ने भएकाले यी प्रणाली वित्तीय प्रणालीका आधारभूत र संवेदनशील अवयव हुन्।

नयाँ फ्रेमवर्कले यी प्रणालीहरूको पहिचान, सञ्चालन र व्यवस्थापनलाई सुदृढ, सुरक्षित र प्रभावकारी बनाउन तथा उपयुक्त नियामकीय निगरानी र जोखिम व्यवस्थापन अभ्यासमा ल्याउन उद्देश्य राखेको छ।

केन्द्रीय बैंकका अधिकारीहरूले भनेका छन्, यसले वित्तीय प्रणालीमा प्रणालीगत अवरोध आउन नदिई समग्र प्रणालीको स्थायित्व कायम गर्न मद्दत गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया