NIMB Header 2
Nepal Life

झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, गोलाप्रथाबाट भाग्यशाली ४७ हजार ३३३ जना पाए १० कित्ता

National Life
  • BFIS News
  • 2025 Sep 24 10:31
झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, गोलाप्रथाबाट भाग्यशाली ४७ हजार ३३३ जना पाए १० कित्ता
Sanima Reliance

काठमाडौं, असोज ८ — झापा इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट आज बुधबार सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बिहानै आईपीओ बाँडफाँट गरिएको हो।

Shikhar
NIMB

कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४ लाख ७३ हजार ३३६ कित्ता शेयर बिक्री खुला गरेको थियो। उक्त आईपीओमा देशभरिबाट उच्च उत्साहजनक सहभागिता देखिएको थियो।

कुल १८ लाख ६८ हजार १४१ जना आवेदकले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १८ लाख ३३ हजार ७३८ जनाको आवेदन वैध ठहरिएको छ भने बाँकी आवेदनहरू विभिन्न कारणले रद्द गरिएका छन्।

मागभन्दा धेरै आवेदन परेपछि बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो। गोलाप्रथाको आधारमा ४७ हजार ३३३ जना भाग्यशाली आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि बाँकी रहेका ६ कित्ता शेयर सोही समूहका आवेदकमध्ये ६ जनालाई एक कित्ताका दरले थप बाँडफाँट गरिएको छ। यसअनुसार ती ६ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

आईपीओ बाँडफाँटपछि बाँकी आवेदकहरूले शेयर प्राप्त गर्न नसकेको सूचित गरिएको छ। बाँडफाँट नपरेका आवेदकको आवेदन रकम छिट्टै फिर्ता गरिने जानकारी कम्पनीले दिएको छ। आइपिओ परे नपरेको हेर्नका लागि सिडिएससीको मेयर शेयर रिजल्टमा गएर हेर्न सकिनेछ। नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया