निःशुल्क मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सलिको र मातृका आँखा उपचार केन्द्रबीच सम्झौता
- BFIS News
- 2025 Sep 26 12:49
काठमाडौं, असोज २०, २०८२। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) र पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौता अनुसार, मातृका आँखा उपचार केन्द्रले विशेषज्ञ टोलीको माध्यमबाट आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार तथा निःशुल्क मोतिबिन्दु शल्यक्रिया सेवा उपलब्ध गराउनेछ। साथै, शल्यक्रिया गरिने बिरामीहरूलाई आवश्यक पर्ने औषधि, इन्ट्राअक्युलर लेन्स (IOL), एनेस्थेटिक औषधि तथा शल्यक्रियापूर्वका सबै परीक्षणहरू समेत निःशुल्क उपलब्ध गराइनेछ।
यस कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १८ मार्फत छानिएका ५० जना बिरामीको मोतिबिन्दु शल्यक्रिया असोज २४ गते मातृका आँखा उपचार केन्द्र, पुरानो बानेश्वरमा गरिनेछ।
सम्झौता कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) की नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, कार्यकारी व्यवस्थापन समूहका कर्मचारी, मातृका आँखा उपचार केन्द्रका अध्यक्ष सुरज श्रेष्ठ र प्रशासकीय अधिकृत कल्याण ढुंगानाको उपस्थिति रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस प्रकारको सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रममार्फत समुदायमा स्वास्थ्य सुरक्षाको पहुँच विस्तारमा कम्पनीले योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै, भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)







प्रतिक्रिया