NIMB Header 2
Nepal Life

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पताल बीच सम्झौता सम्पन्न 

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Sep 27 22:07
नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पताल बीच सम्झौता सम्पन्न 
United Ajod

काठमाडौँ, असोज ११। नेपाल रिकन्डिसन अटो व्यवसायी संघ र एभरेष्ट अस्पतालबीच स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अस्पतालले संघका सम्पूर्ण सदस्य र परिवारजनको नियमित स्वास्थ्य परीक्षण गर्नेछ।

Nepal Life
NIMB

विजयादशमी, दीपावली, म्हःपूजा, नेपाल संवत र छठ पर्वको अवसरमा राजधानीको कुलेश्वरस्थित स्टार दरबारमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा संघ र एभरेष्ट अस्पताल बानेश्वरका प्रतिनिधि अविनाश झाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो। यससँगै संघका सम्पूर्ण सदस्यहरूले नियमित स्वास्थ्य परीक्षण सुविधा प्राप्त गर्ने भएका छन्।

सदस्यहरूको जीवन तथा स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड र सलीको इन्सुरेन्स कम्पनीबीच संघका सदस्यलाई लक्षित बीमा सेवा सञ्चालन गर्ने विषयमा सैद्धान्तिक सहमति भएको घोषणा पनि सो अवसरमा गरिएको थियो।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष रमेश कोइरालाले गरेका थिए भने प्रमुख अतिथि श्रीकृष्ण प्रसाद अधिकारी रहेका थिए। कानूनी सल्लाहकार रुद्र ढुङ्गेलले विशेष सम्बोधन गर्नुभएको सो कार्यक्रम महासचिव कुमार बोगटीले सञ्चालन गरेका थिए। सम्बोधनका क्रममा सल्लाहकार ढुङ्गेलले स्वास्थ्य परीक्षण प्याकेज र बीमा सुविधासहित संघमार्फत आगामी दिनमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गरे। उनले संघभित्र पारदर्शिता, एकता र सहकार्यलाई बलियो बनाउँदै सदस्यहरूको हितमा ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

उनले नवदुर्गाको प्रसादको महिमा स्मरण गर्दै संघविरोधी तत्वहरूलाई पराजित गर्न, फुटको विरुद्ध एकता कायम गर्न र गुटबन्दीविरुद्ध सहकार्यलाई मजबुत पार्न सदस्यहरूलाई संघको छातामुनि एकजुट रहन आह्वान गरे। साथै, फुटको बाटो समात्न खोज्नेहरूलाई संघको मूलधारमा समेटिदै अघि बढ्न आग्रह गरे।

अध्यक्ष रमेश कोइरालाले सम्बोधनमा पर्वहरूले ल्याउने आपसी भाईचारा, सहकार्य र सामाजिक एकताको महत्व औंल्याउँदै संघलाई अझ मजबुत बनाउन सदस्यहरूको सहकार्य अपरिहार्य रहेको बताए। प्रमुख अतिथि अधिकारीले संघका सदस्यहरूले देशको आर्थिक क्षेत्रमा पुर्‍याइरहेको योगदानको प्रशंसा गर्दै अझ जिम्मेवारीपूर्वक अघि बढ्न शुभकामना व्यक्त गरे।

कार्यक्रममा संघका पदाधिकारीहरू, सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले एक-आपसमा शुभकामना आदान–प्रदान गर्दै सांस्कृतिक तथा सामाजिक मूल्य बोकेका पर्वहरूको सफलताको कामना गरेका थिए।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया