NIMB Header 2
Prabhu Mahalaxmi

सानिमा बैंकको २१औँ वार्षिक साधारण सभा कात्तिक २ गते, लाभांश र अभिमोच्य शेयर जारी गर्ने प्रस्ताव

United Ajod
  • BFIS News
  • 2025 Sep 28 10:40
सानिमा बैंकको २१औँ वार्षिक साधारण सभा कात्तिक २ गते, लाभांश र अभिमोच्य शेयर जारी गर्ने प्रस्ताव
IME LIFE

काठमाडौं, असोज १२ – सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न कात्तिक २ गते (आइतबार) २१औँ वार्षिक साधारण सभा बोलाएको छ।

Nepal Life
NIMB

बैंकले जानकारी दिएअनुसार, उक्त साधारण सभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बैंकले ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर (non-convertible preference shares) जारी गर्ने प्रस्ताव पनि सभाबाट पारित गर्ने तयारी गरेको छ।

त्यस्तै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्तावलगायत विषयमा पनि निर्णय गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, असोज २६ गतेसम्म नेप्सेमा कारोबार भइ नाममा रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया