NIMB Header 2
Prabhu Mahalaxmi

आरएसडिसी लघुवित्तले ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

United Ajod
  • BFIS News
  • 2025 Sep 28 10:58
आरएसडिसी लघुवित्तले ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा
IME LIFE

काठमाण्डौ, असोज ११ — आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ।

Nepal Life
NIMB

संस्थाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लाभांश कर समेत गरी कुल रु. ८,२७,२५,१५३।३६ (अक्षरेपि आठ करोड सत्ताईस लाख पच्चिस हजार एक सय त्रिपन्न रुपैंया र पैसा छत्तीस मात्र) वितरण गरिनेछ।

उक्त प्रस्ताव असोज ११ गते शनिबार (२०७२ सेप्टेम्बर २७) बिहान ८ः३० बजे बसेको संस्थाको सञ्चालक समितिको १७६ औं बैठकमा निर्णय गरिएको हो।

लाभांश वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरिनेछ। स्वीकृति प्राप्त भई संस्थाको बाह्रौं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कानुनी प्रक्रिया पूरा गरी लाभांश वितरण गरिनेछ।

आरएसडिसी लघुवित्तले वित्तीय अनुशासन र पारदर्शिताको अभ्यासलाई निरन्तरता दिँदै शेयरधनीहरूलाई नियमित प्रतिफल दिने नीतिअनुसार यो निर्णय लिएको जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया