NIMB Header 2
Nepal Life

बीमा कम्पनीहरुले सीएसआर रकम पुनर्निर्माण कोषमा जम्मा गर्न सक्ने, कर छुटको सुविधा पाउने

IME LIFE
  • BFIS News
  • 2025 Oct 06 06:54
बीमा कम्पनीहरुले सीएसआर रकम पुनर्निर्माण कोषमा जम्मा गर्न सक्ने, कर छुटको सुविधा पाउने
United Ajod

काठमाडौं — बीमा कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्नुपर्ने रकम अब सरकारले स्थापना गरेको सार्वजनिक संरचना पुनर्निर्माण कोषमा जम्मा गर्न सक्ने भएका छन्। नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई यसबारे निर्देशन दिएको हो।

Nepal Life
NIMB

बीमा कम्पनीहरुले आफ्नो नाफाको कम्तीमा एक प्रतिशत रकम सीएसआर अन्तर्गत खर्च गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही रकम पुनर्निर्माण कोषमा जम्मा गर्न सकिने व्यवस्था गर्दै प्राधिकरणले यो कदम चालेको हो। यद्यपि, प्राधिकरणका अनुसार यो निर्देशन बाध्यकारी नभई स्वेच्छिक हुनेछ।

पुनर्निर्माण कोषमा रकम जम्मा गरेबापत बीमा कम्पनीहरुले कर छुट सुविधा पनि पाउनेछन्। गत भदौ २३ गतेको आन्दोलन र २४ गतेको प्रदर्शनमा भएको जनधनको ठूलो क्षतिको कारणले बीमा कम्पनीहरुमाथि दाबीको ठूलो दबाब परेको छ। यही कारणले गर्दा अहिलेका लागि यो निर्देशन स्वेच्छिक बनाइएको प्राधिकरणले जनाएको छ।

यस व्यवस्थाबाट बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्वमा योगदान पुर्‍याउनुका साथै कर छुटजस्ता सुविधासमेत लिन सक्नेछन।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया