NIMB Header 2
Nepal Life

अनलाइनमार्फत ई–राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सकिने व्यवस्था सुरु

IME LIFE
  • BFIS News
  • 2026 Jun 19 11:16
अनलाइनमार्फत ई–राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सकिने व्यवस्था सुरु
United Ajod

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिकले अब अनलाइनमार्फत ई–राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने व्यवस्था सुरु गरेको छ।

Nepal Life
NIMB

विभागले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सिटिजन पोर्टलमार्फत परीक्षणका रूपमा उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

विभागले जारी गरेको सूचनाअनुसार २०८३ असार ४ गतेदेखि सिटिजन पोर्टलमार्फत फोटो, अनलाइन प्रमाणीकरण गर्न सकिने क्यूआर कोड तथा पासवर्डद्वारा सुरक्षित ‘प्रोभिजनल नेसनल आइडेन्टिटी कार्ड’ डाउनलोड गर्न सकिने सुविधा उपलब्ध भएको हो।

राष्ट्रिय परिचय नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्ममिति तथा नागरिकता जारी भएको मिति प्रविष्ट गरी ई–राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्नेछन्।

विभागका अनुसार डाउनलोड गरिएको ई–राष्ट्रिय परिचयपत्र सुरक्षित रूपमा राख्न नागरिकलाई आग्रह गरिएको छ। साथै, सार्वजनिक निकाय तथा सेवा प्रदायक संस्थालाई सेवा प्रवाहका क्रममा उक्त परिचयपत्रमा रहेको क्यूआर कोड स्क्यान गरी प्राप्त विवरण र सेवाग्राहीले प्रस्तुत गरेको विवरणसँग मिलान गरेर सेवा दिन अनुरोध गरिएको छ।

यसअघि विभागको सिटिजन पोर्टलबाट प्रिन्ट गरिएको राष्ट्रिय परिचय नम्बरको निस्साका आधारमा विभिन्न सेवा प्रदान हुँदै आएको थियो। नयाँ व्यवस्थासँगै डिजिटल स्वरूपको परिचयपत्र प्रयोगको दायरा विस्तार हुने अपेक्षा गरिएको विभागले जनाएको छ।

विभागले ई–राष्ट्रिय परिचयपत्र प्रयोगसम्बन्धी प्रयोगकर्ता निर्देशिका (यूजर म्यानुअल) समेत सिटिजन पोर्टल तथा विभागको वेबसाइटमार्फत उपलब्ध गराएको जानकारी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया