NIMB Header 2
Nepal Life

अत्यावश्यक सेवाका रुपमा सम्पुर्ण बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुले आज काउन्टर खुला राख्ने

Prabhu Mahalaxmi
  • BFIS News
  • 2025 Oct 06 07:10
अत्यावश्यक सेवाका रुपमा सम्पुर्ण बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुले आज काउन्टर खुला राख्ने
United Ajod

काठमाडौं। सम्पुर्ण बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले अत्यावश्यक सेवाका रुपमा आज आफ्ना काउन्टर खुला राख्ने भएका छन्। सरकारले अविरल वर्ष पछि आएको बाढी पहिरोका कारण असोज १९ र २० गते दुई दिन सार्वजनिक विदा दिने निर्णय गरे पछि सरकारले बाढी प्रभावित क्षेत्र भन्दा बाहेका क्षेत्रमा अत्यावश्यक सेवा सुचारी गर्न निर्देशन दिएको छ। यसै निर्देशन सँगै आज अधिकाम्स बैंक तथा बीमा कम्पनीहरुले आन्तरिक सर्कुलर जारी गर्दै कर्मचारीलाई काउन्टर खुला गर्न निर्देशन दिइसकेका छन्।

Nepal Life
NIMB

केहि बीमा कम्पनीहरु र बैंकहरुले हिजो असोज १९ गते पनि काउन्टर खुला गरेका थिए। विशेष गरी यो समय निर्जीवन बीमा कम्पनीहरु बढी सक्रिय रहनु पर्ने अवस्था छ। छिटो भन्दा छिटो घटनास्थलमा पुगेर सर्भेयर मार्फत क्षति मूल्याङ्कन गर्नु पर्ने अवस्था छ।

त्यस्तै दशै विदा पछि थप दुई दिन विदा थपिदा बैंकिङ कारोबारमा पनि समस्या भोगिरहेका आम ग्राहकहरुलाई संबोधन गर्दै बैंकहरुले काउन्टर खुला गर्न थालेका हुन। आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ बजेसम्म सम्पुर्ण काउन्टर खुला गर्ने सूचना जारी गरिसकेको छ। ग्लोबल आइएमई बैंकले मधेष प्रदेश र कोशी प्रदेशका केहि शाखा खोल्दैछ भने अन्य सबै प्रदेशका अधिकाम्स शाखाहरु खुला गर्ने भएको छ। त्यस्तै अन्य बैंकहरु पनि काउन्टर खुला गर्ने तयारीमा छन्। जीवन बीमा कम्पनीहरुले हिजो नै आन्तरिक सर्कुलर जारी गर्दै काउन्टर खुला राख्न निर्देशन दिइकसेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया