NIMB Header 2
Nepal Life

सिटिजन्स सुपर ३० म्युचुअल फण्डले ५.२५ प्रतिशत नगद लाभांश दिने

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 14 12:22
सिटिजन्स सुपर ३० म्युचुअल फण्डले ५.२५ प्रतिशत नगद लाभांश दिने
United Ajod

काठमाडौं। सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्ड (C30MF) ले इकाइधनीलाई ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

Nepal Life
NIMB

सिटिजन्स क्यापिटलको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरणका लागि फण्डले असोज ८ गते बुक क्लोज गर्ने भएको छ। बुक क्लोजअनुसार असोज ७ गतेसम्म कायम रहेका इकाइधनी लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यससँगै फण्डका इकाइधनीले निर्धारित मितिसम्म आफ्नो इकाइ कायम राखेमा करसहितको नगद प्रतिफल प्राप्त गर्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया