NIMB Header 2
Nepal Life

लिलामसम्बन्धी जानकारीका लागि एनआईसी एशिया बैंकको नयाँ अनलाइन पोर्टल सञ्चालनमा

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 02 14:57
लिलामसम्बन्धी जानकारीका लागि एनआईसी एशिया बैंकको नयाँ अनलाइन पोर्टल सञ्चालनमा
National Life

काठमाडौं। एनआईसी एशिया बैंकले लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

NIMB

बैंकका अनुसार लिलाम बिक्रीमा राखिएका सम्पत्तिसम्बन्धी विस्तृत विवरण समेटिएको यो पोर्टलले ग्राहकलाई आवश्यक सबै जानकारी एकै ठाउँमा उपलब्ध गराउनेछ।

ग्राहकहरूले लिलामसम्बन्धी प्रकाशित सूचनामा रहेको QR कोड स्क्यान गरी auctionassistance.nicasiabank.com वेबसाइटमा पहुँच पाउन सक्छन्। उक्त पोर्टलमा लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, साथै सम्पत्तिको स्थान पहिचानका लागि Google Map सहितका विवरणहरू उपलब्ध छन्।

बैंकले पोर्टलमा ग्राहकमैत्री सुविधा पनि थपेको छ। इच्छुक ग्राहकहरूले आफ्नो रुचिको सम्पत्तिको विवरण हेरेपछि सो सम्पत्तिसम्बन्धी थप जानकारी लिन चाहें भने त्यही पृष्ठमा रहेको message box मार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ।

एनआईसी एशिया बैंकले जनाएको छ कि उक्त पोर्टलमा बैंक तथा गैरबैंकिङ सम्पत्ति, धितो सुरक्षणमा रहेका सम्पत्तिहरू, र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू नियमित रूपमा प्रकाशित गरिनेछन्। बैंकका अनुसार, ग्राहकहरूले अनलाइन पोर्टलको प्रयोगबाट सहज रूपमा सम्पूर्ण लिलाम विवरण हेरी आवश्यक जानकारी लिन सक्ने र यसबाट लाभ उठाउन सक्नेछन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया