NIMB Header 2
Nepal Life

नबिल बैंकको वितरणयोग्य मुनाफा १३ प्रतिशतले बढ्यो, लाभांश वितरण क्षमता ३० रुपैयाँ

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Nov 06 11:40
नबिल बैंकको वितरणयोग्य मुनाफा १३ प्रतिशतले बढ्यो, लाभांश वितरण क्षमता ३० रुपैयाँ
United Ajod

काठमाडौँ । नबिल बैंकको वितरणयोग्य मुनाफा १३ प्रतिशतले बृद्धि भएको छ। बैंकको वितरणयोग्य मुनाफा बढेसँगै बैंकको लाभांश क्षमता पनि ३० प्रतिशत पुगेको छ।

Nepal Life
NIMB

बैंकको वितरणयोग्य मुनाफा बढे पनि प्रोभिजनिङका कारण चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद मुनाफामा भने सामान्य गिरावट देखिएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा दर्ज गरिएको २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफाभन्दा २९ करोड ९६ लाख रुपैयाँ कम हो।

बैंकको नाफा घट्नुमा खुद ब्याज आम्दानीमा कमी र इम्पेरमेन्ट चार्जमा वृद्धि प्रमुख कारण रहेका छन्। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी भने ६.२९ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.०३ प्रतिशतले घट्दा सञ्चालन मुनाफा पनि १०.८४ प्रतिशतले कम भएको छ। समीक्षा अवधिमा इम्पेरमेन्ट चार्ज ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी (EPS) ३० रुपैयाँ १५ पैसा रहेको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। चालु त्रैमासमा बैंकको EPS ३ रुपैयाँ ८६ पैसा घटेर २५ रुपैयाँ ९७ पैसामा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) १९.९७ गुणा रहेको विवरणमा उल्लेख छ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नबिल बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रमुख सूचकहरु

 खुद नाफा: १ अर्ब ७५ करोड ६९ लाख (↓१४.५७%)

 ब्याज आम्दानी: ↓५.७७%

 फि/कमिशन आम्दानी: ↑६.२९%

 इम्पेरमेन्ट चार्ज: ६४ करोड ७२ लाख (↑४५.७७ करोडबाट)

 प्रतिशेयर आम्दानी: २५.९७ रुपैयाँ

 चुक्ता पूँजी: २७ अर्ब ५ करोड ६९ लाख

 जगेडा कोष: ३८ अर्ब ७ करोड ५१ लाख

 निक्षेप: ५ खर्ब ५६ अर्ब

 कर्जा: ४ खर्ब २१ अर्ब

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया