NIMB Header 2
Nepal Life

सुनको आयात दोब्बरले बढ्यो, दैनिक २० किलो ल्याउन पाइने

National Life
  • BFIS News
  • 2023 Sep 27 17:48
सुनको आयात दोब्बरले बढ्यो, दैनिक २० किलो ल्याउन पाइने
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको आयात गर्न पाउने परिमाण दोब्बरले बढाएको छ । एकिकृत परिपत्र २०७९ लाई संसोधन गर्दै नेपाल राष्ट्र बैंकले सुनको आयात दोब्बरले बढाउने दैनिक २० किलोसम्म ल्याउन पाउने व्यवस्था गरेको हो । 

Shikhar
NIMB

एकीकृत परिपत्र २०७९ को एकीकृत इ. प्रा. परिपत्रः ३ / २०७९ अन्तर्गतको सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा ४ (क), दफा ८ र दफा २४ लाई संशोधन गरिएको हो ।  

दफा ४ (क) आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० (बीस) किलोग्राम कायम गरिएको छ । दफा ८ दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आयात गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

मूल्यको दृष्टिकोणले मितव्ययी तथा लाभदायी हुने भएमा दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आवश्यकता अनुरुपको मितव्ययी परिमाण (Economic Size) मा एकमुष्टरूपमा समेत सुन आयात गर्न सकिनेछ । तर, यस्तो एकमुष्टरूपमा आयात गर्दा आगामी दिनको लागि अग्रिमरूपमा आयात गर्न र व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन ।

स्पष्टीकरणः व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणको लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चात्का महिनाहरुमा आयात गर्न पाइने छैन । तर, कुनै एक महिना (उदाहरणको लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) मित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन ।

दफा २४ विवरण बुझाउनु पर्ने:- बैंकबाट सुन खरिद गर्ने व्यवसायीले आफूले बिक्री / उपयोग गरेको सुनको संलग्न अनुसूची २ बमोजिमको ढाँचामा प्रत्येक महिना समाप्त भएको ७ (सात) दिनभित्र सम्बन्धित बैंकमा मासिक विवरण बुझाउनु पर्नेछ । यस्तो विवरण विद्युतीय माध्यमबाट समेत बुझाउन सकिनेछ । बैंकहरूले आफूले आयात गरी बिक्री गरेको विवरण अनूसूची १ बमोजिमको ढाँचामा व्यवसायीले पेश गरेको विवरण समेत संलग्न राखी प्रत्येक महिना वितेको १५ (पन्ध्र) दिनभित्र विभागको इमेल [email protected] वा विभागले तोकेबमोजिम अन्य माध्यमबाट मासिक विवरण बुझाउनु पर्नेछ । यसरी तोकिएको विवरण बुझाउनु पर्ने कर्तव्य भएका बैंक तथा व्यवसायीले उक्त विवरण नबुझाएसम्म थप आयात तथा खरिद गर्ने क्रममा समावेश हुन पाउने छैनन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया