Nepal Life

साना तथा मझौला उद्यमका लागि विश्व बैंकले ९.५ करोड डलरको परियोजना स्वीकृत

NMB Bank
  • BFIS News
  • 2026 Feb 03 12:00
साना तथा मझौला उद्यमका लागि विश्व बैंकले ९.५ करोड डलरको परियोजना स्वीकृत
United Ajod

काठमाडौं।  साना तथा मझौला उद्यम (एसएमई) को वित्तीय पहुँच विस्तार गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ विश्व बैंकले ९ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ।

Shikhar
Nepal Life
NIMB

वासिङटन डिसीस्थित विश्व बैंकको प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार उक्त परियोजनाबाट एक लाखभन्दा बढी साना तथा मझौला उद्यम लाभान्वित हुने अपेक्षा गरिएको छ। परियोजनामार्फत वित्तीय जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन सुरु गर्न सहयोग पुर्‍याउने लक्ष्य लिइएको छ।

यस परियोजनाअन्तर्गत निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई थप सशक्त बनाइनेछ, जसले एसएमईलाई कर्जा पहुँच सहज बनाउन सहयोग पुर्‍याउने विश्व बैंकले जनाएको छ।

माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले परियोजनाले वित्तीय पहुँच सरल बनाई कारोबारी अवरोधहरू घटाउने उल्लेख गरे। उनका अनुसार यसले वित्तीय समावेशिता विस्तार गर्न, सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) लाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा समेट्न तथा निजी क्षेत्र नेतृत्वको रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा सन् २०२४ मा सम्पन्न वित्तीय क्षेत्र स्थायित्व तथा आर्थिक वृद्धिका लागि वित्तसम्बन्धी विकास नीतिगत कर्जा (डिपिसी) शृङ्खलाअन्तर्गत गरिएका सुधारहरूको निरन्तरता भएको पनि विश्व बैंकले स्पष्ट पारेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया