Nepal Life

बेलायत पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक महिला पक्राउ

NMB Bank
  • BFIS News
  • 2026 Feb 05 13:38
बेलायत पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक महिला पक्राउ
United Ajod

काठमाडौं।  वैदेशिक रोजगारीका नाममा बेलायत पठाइदिने आश्वासन दिई रकम असुल गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

Shikhar
Nepal Life
NIMB

पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ मा बसोबास गर्दै आएकी तथा नुवाकोटको तार्केश्वर गाउँपालिका–१ घर भएकी ३६ वर्षीया कुमारी तामाङ रहेकी छन्। उनले बेलायत पठाइदिने भन्दै दुई जनाबाट जम्मा ७ लाख ९० हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको उजुरी परेको थियो।

उक्त उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले तामाङलाई काठमाडौं महानगरपालिका–१२ क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया